२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

क्रस भोटिङको डरले कांग्रेसले घेरामा राख्‍यो आफ्ना सांसद

सन्तोष सिंह

जनकपुर — प्रदेशको नामकरणका लागि राखिएको प्रस्तावमा क्रस भोटिङको डरले प्रतिपक्ष नेपाली कांग्रेसले आफ्‍ना सांसदहरुलाई प्रदेशसभाभित्रै घेरेर राखेको छ ।  

क्रस भोटिङको डरले कांग्रेसले घेरामा राख्‍यो आफ्ना सांसद

सत्ता पक्ष राजपा र समाजावादीले प्रस्ताव गरेको 'मधेस प्रदेश'मा मतादान सुरु भएसँगै कांग्रेसले आफ्ना सांसदहरुलाई घेरेर राखेको हो ।


प्रदेश २ को नामकरण लागि जारी मतदानमा 'क्रस भोटिङ' भएपछि प्रतिपक्ष नेकपा र कांग्रेसले आफ्‍ना पार्टीका सांसदहरुलाई ह्विप जारी गरेका छन् । दुवै दलले सत्तारुढ दलको तर्फबाट हुने प्रस्तावको विपक्षमा मत हाल्न आफ्‍ना सांसदलाई ह्विप जारी गरेका हुन् ।


प्रदेशको नामकरणका लागि नेकपा, कांग्रेस र बारा-पर्साका सांसदले राखेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। नेकपाले प्रदेशको नाम 'जानकी', कांग्रेसले 'मिथिला-भोजपुरा' र बारा-पर्साका सांसदले 'मध्य मधेस' नाम प्रस्ताव गरेका थिए ।


यो पनि पढ्नुहोस्ः

प्रदेश २ मा 'क्रस भोटिङ' भएपछि नेकपा र कांग्रेसले लगाए सांसदलाई ह्विप

प्रकाशित : चैत्र ४, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?