कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

'मध्‍य मधेस' राख्‍ने प्रस्ताव पनि अस्वीकृत

सन्तोष सिंह

जनकपुर — प्रदेश २ को नामाकरण गर्ने सन्दर्भमा प्रस्ताव गरिएको 'मध्य मधेस' नाम पनि अस्वीकृत भएको छ । प्रस्तावको पक्षमा ४२ मत आएको छ भने विपक्षमा ६५ मत आएको छ ।

'मध्‍य मधेस' राख्‍ने प्रस्ताव पनि अस्वीकृत

कांग्रेस पर्साका सांसद राजेश्वर प्रसाद साहले उक्त प्रस्ताव दर्ता गराएका थिए ।


यसअघि नेकपाले प्रस्ताव गरेको 'जानकी' र नेपाली कांग्रेसले राखेको 'मिथिला-भोजपुरा' प्रस्ताव पनि अस्वीकृत भइसकेको छ । कूल १०७ सांसद रहेको प्रदेशमा जानकीको पक्षमा ३७ र मिथिला-भोजपुराको पक्षमा २८ मत आएको थियो ।


अब सत्तारूढ दल समाजवादी र राजपाले संयुक्त रूपमा प्रस्ताव गरेको मधेस नाममा मतदान हुनेछ ।

प्रकाशित : चैत्र ४, २०७६ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?