कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मध्य मधेस राख्‍ने प्रस्ताव पनि अस्वीकृत

सन्तोष सिंह

काठमाडौँ — प्रदेश २ को नाम मध्य मधेस राख्‍न गरिएको प्रस्ताव अस्वीकृत भएको छ । मंगलबार प्रदेश सभामा भएको मतदानमा प्रस्तावको पक्षमा ४२ मत आएको छ भने विपक्षमा ६५ मत परेको छ । 
कांग्रेस पर्साका सांसद राजेश्वरप्रसाद साहले उक्त प्रस्ताव दर्ता गराएका थिए ।

मध्य मधेस राख्‍ने प्रस्ताव पनि अस्वीकृत

यसअघि नेकपाले प्रस्ताव गरेको जानकी र कांग्रेसले राखेको मिथिला-भोजपुरा प्रस्ताव पनि अस्वीकृत भइसकेको छ । कुल १०७ सांसद रहेको प्रदेशमा जानकीको पक्षमा ३७ र मिथिला-भोजपुराको पक्षमा २८ मत आएको थियो ।


अब सत्तारूढ दल समाजवादी र राजपाले संयुक्त रूपमा प्रस्ताव गरेको मधेस नाममा मतदान हुनेछ ।

प्रकाशित : चैत्र ४, २०७६ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?