कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ को नाम 'मिथिला भोजपुरा' राख्‍ने कांग्रेसको प्रस्ताव अस्वीकृत 

सन्तोष सिंह

जनकपुर — प्रदेश २ को नाम 'मिथिला भोजपुरा' राख्‍ने कांग्रेसको प्रस्ताव अस्वीकृत भएको छ । प्रदेशको नाम 'मिथिला भोजपुरा' राख्‍ने कांग्रेसको पक्षमा २८ मत मात्रै खसेको छ । प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । सत्ता पक्षाका सांसदहरुले कांग्रेसको प्रस्तावको पक्षमा मतादान गरेको आशंका गरिएको छ । 

प्रदेश २ को नाम 'मिथिला भोजपुरा' राख्‍ने कांग्रेसको प्रस्ताव अस्वीकृत 

कांग्रेस र नेकपाले राखेको प्रस्ताव अस्वीकृत भएसँगै अब बारा र पर्साका सांसदहरुले प्रस्ताव गरेको 'मध्य मधेस' नाममाथि मतदान हुनेछ।

प्रदेश २ को नामकरणका लागि मतदान

मतदानको प्रक्रियामा प्रदेशको नाम र राजधानी पारितका लागि दुई तिहाइ मत आवश्यक पर्छ। प्रदेश सभामा सत्तापक्ष समाजवादीको ३०, राजपाको २५ सांसद गरी ५५ जना छन् ।


दुई तिहाइका लागि सत्ता पक्षलाई थप १७ जना सांसद आवश्यक पर्छ। नेकपाको ३२, कांग्रेसको १९ र संघीय समाजवादी पार्टीको एक सांसद छन् ।

प्रकाशित : चैत्र ४, २०७६ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?