१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संसद्‍को कामकारबाही रोक्‍न माग 

काठमाडौँ — कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै राष्ट्रिय सभा सदस्यहरुले संसद्‍को कामकारबाही रोक्नुपर्ने माग गरेका छन् । 

संसद्‍को कामकारबाही रोक्‍न माग 

संघीय संसद् बाहिर मंगलबार पत्रकारहरुसँग कुरा गर्दै सांसदहरुले विश्वभरी फैलिएको कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिँदै संसद्‍को कामकारबाही रोक्नुपर्ने माग गरेका हुन् । सांसद राधेश्याम अधिकारीले सरकारले सबैभन्दा बढी भीडभाड हुने ठाउँहरु निषेध गर्नुपर्ने र यसको सुरुवात संसद्‌बाट नै गर्नुपर्ने बताए । उनले भने, ‘संसद्‍मा कुनै विजनेस पनि देखिादैन् । सांसदहरुले पनि तत्काल बन्द गर्नुपर्ने माग गरिरहेका छन् । केही गरी तलमाथि भयो भने ठूलो क्षति निम्त्याउँछ ।’


सांसद सुमन प्याकुरेलले नेपालमा कोरोना प्रभाव नदेखिए पनि ढुक्क हुने अवस्था नभएको बताए । भौतिक, आर्थिक र प्राविधिक हिसाबले नेपालमा संक्रमण देखिएपछि समस्या हुने भन्दै उनले सावधानी अपनाउनुपर्ने बताए । अत्यावश्यक कुरा बन्द गरेर देश नै ठप्प हुने अवस्था आउने भन्दै उनले संसद् पनि २/४ दिनभन्दा बढी नचल्ने बताए । उनले भने, ‘संसद्‍ २-४ दिनभन्दा बढी जाला जस्तो लाग्दैन । अधिवेशन सकिने बेला पनि भयो । बढीमा ३ दिन बढी जाँदैन ।’


सांसद प्रमिला कुमारीले कोरोनाले विश्वका धेरे देशहरु संक्रमित भएको अवस्थामा नेपालमा संक्रमण हुने कुरा नकार्न नसकिने बताइन् । संसद्‍मा कोरोनाका विषयमा निरन्तर छलफल भइरहेको उल्लेख गर्दै उनले ७ गतेसम्म मात्रै संसद् चल्न सक्ने बताइन् ।


सांसद इन्दिरा गौतमले जोखिम नै नभित्रिए पनि सरकारले आफ्नो तर्फबाट तयारी गरिरहेको बताइन् । नेपाल प्रवेश नै नगरी कोरोनाका कारण जोखिम बढ्यो भनेर भन्न नमिल्ने तर होसियारी भने अपनाउनुपर्ने उनले बताइन् ।

प्रकाशित : चैत्र ४, २०७६ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?