प्रदेश २ को नाम 'जानकी' राख्‍ने नेकपाको प्रस्ताव अस्वीकृत 

सन्तोष सिंह

जनकपुर — प्रदेश २ को नाम जानकी राख्‍ने नेकपाको प्रस्ताव अस्वीकृत भएको छ । प्रदेशको नाम 'जानकी' राख्‍ने नेकपाको पक्षमा ३७ मत मात्रै खसेको छ । मतदानमा प्रदेशका एक सय ७ जना प्रदेश सांसदहरुले मत खसालेका थिए । 

प्रदेश २ को नाम 'जानकी' राख्‍ने नेकपाको प्रस्ताव अस्वीकृत 

प्रदेशसभामा नेकपाका ३२ सांसद छन् । नेकपाको प्रस्तावमा ३७ मत खसेपछि कुन दलका सांसदले नेकपाको प्रस्तावमाथि समर्थन गरे भने खुल्न सकेको छैन ।

नेकपाले प्रस्ताव गरेको नाम अस्वीकृत भएसँगै अब कांग्रेसले राखेको प्रस्तावमाथि मतदान हुनेछ । कांग्रेसले प्रदेश २ को नाम 'मिथिला भोजपुरा' प्रस्ताव गरेको छ ।

मतदानको प्रक्रियामा प्रदेशको नाम र राजधानी पारितका लागि दुई तिहाइ मत आवश्यक पर्छ। प्रदेश सभामा सत्तापक्ष समाजवादीको ३०, राजपाको २५ सांसद गरी ५५ जना छन् ।

दुई तिहाइका लागि सत्ता पक्षलाई थप १७ जना सांसद आवश्यक पर्छ। नेकपाको ३२, कांग्रेसको १९ र संघीय समाजवादी पार्टीको एक सांसद छन्।

प्रकाशित : चैत्र ४, २०७६ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?