कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कोरोना प्रभाव : सरकारले सुपथ मूल्यका पसल खोल्ने

निगमले शनिबार पनि पेट्रोल डिपो खुला गर्ने
जयसिंह महरा

काठमाडौँ — सरकारले कोरोना भाइरस संक्रमणलाई लक्षित गरी सुपथ मूल्यका पसल सञ्‍चालन गर्ने भएको छ । 

कोरोना प्रभाव : सरकारले सुपथ मूल्यका पसल खोल्ने

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा कोरोना भाइरस संक्रमणको जोखिमबारे मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले

दैनिक उपभोग्य वस्तु सुपथ मूल्यमा सहजरुपमा उपलब्ध गराउन पसल खोल्न लागेको जानकारी गराएका हुन् ।

'खाद्यान्‍नको सस्तो पसल निश्चित ठाउँहरुमा खोल्ने तयारी खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले गरिरहेको छ, मोबाइल पसलहरु पनि सञ्चालन गर्ने सरकारको तयारी छ', मन्‍त्री भट्टले भने, 'यसले मूल्यवृद्धि र अभाव सिर्जना गर्नबाट रोक्ने छ ।'

उनले ७७ वटै जिल्लामा गृहमन्त्रालयसँग समन्वय गरेर कालोबजारी गर्नेलाई कानुन दायरामा ल्याउने काम भइरहेको पनि बताए । मन्‍त्री भट्टले चेतावनी दिँदै भने, 'कतै कालोबजारी र मूल्यवृद्धि गरेको भेटिए उदार र लचक हुने भन्ने छैन ।'

मन्त्री भट्टले खाद्यान्न, औषधि, ग्यास, पेट्रोलको कुनै अभाव नरहेको भन्दै नेपाल आयल निगमले शनिबार दिउँसो १ बजेसम्म पेट्रोल डिपो खोल्ने जानकारी पनि दिए । उनले सरकार क्षमता, स्रोत, साधनभन्दा बढी तयारीमा रहेको दाबी गर्दै भने, 'जनताले २ बजे राति बोलाए पनि हामी उपलब्ध हुन्छौं । बिदा पनि नभनी हामी २४ सै घण्टा खटिएका छौं ।'

'बुधबारदेखि बजारमा १ लाख मास्क जान्छ'

समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले बुधबारदेखि बजारमा १ लाख थान मास्क जाने जानकारी दिए ।

त्यसअघि मन्त्री भट्टले सोमबार कब्जामा लिइएका मास्क गुणस्तरीय रहेन छ भन्ने प्रहरीले जानकारी दिएको बताएका थिए ।

प्रकाशित : चैत्र ४, २०७६ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?