कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

भाउजूको हत्यामा संलग्‍न देवरहरु सार्वजनिक 

चन्द्र कार्की

तेह्रथुम — आठराई गाउँपालिका-४ ईवा तीनसल्लेकी २८ वर्षीया विन्दा पुरीको हत्या उनकै दुई देवरहरुले गरेको खुलेको छ । प्रहरीले विन्दाको हत्यामा संलग्‍न उनका दुई देवरहरुलाई सोमबार सार्वजनिक गरेको छ ।

भाउजूको हत्यामा संलग्‍न देवरहरु सार्वजनिक 

२८ वर्षीया पुरीको हत्यामा संलग्‍न भएको आरोपमा प्रहरीले २५ वर्षीय बालकृष्ण पुरी र ३२ वर्षीय सुरेन्द्र पुरीलाई सोमबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको हो । हत्यामा संलग्‍न दुवै जनालाई झापाको बुधबारेमा फेला पारी इलाका प्रहरी कायालय इटहरी मार्फत् पक्राउ गरी जिल्लामा ल्याइएको प्रहरी नायब उपरीक्षक नविनकिशोर प्रधानले बताए ।

गत बिहीबार उनीहरुले धारिलो हतियार प्रयोग गरी विन्दाको हत्या गरी फरार थिए ।

आर्थिक विषय निकालेर उनीहरुले भाउजूको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । भाउजूको हत्या योजना बनाएर दुवै दाजुभाइ झापादेखि गाडी रिजर्भ गरेर विन्दाको घरमा आएका थिए ।

सुरुमा डोरीले घाँटी कसेर हत्या गर्ने प्रयास गरेको तर मृत्यु नहुँदै डोरी चुँडिएपछि साथमै ल्याएको छुरीले घाँटी रेटेर विन्दाको हत्या गरेको अनुसन्धान बाट खुलेको डीएसपी प्रधानले जानकारी दिए ।

प्रकाशित : चैत्र ३, २०७६ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?