उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न स्कुल बसलाई ९ देखि ३ बजेको नियम 

सुदिप कैनी

काठमाडौँ — उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न सरकारले स्कुल बसहरुलाई नयाँ नियम लगाउने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्ययोजना अनुसार स्कुल बसहरु बिहान ९ बजे स्कुलभित्र छिरिसक्नुपर्ने र दिउँसो ३ बजे निस्कनुपर्ने निर्णय गरेको हो ।

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न स्कुल बसलाई ९ देखि ३ बजेको नियम 
यो नियम नयाँ शैक्षिक सत्रबाट लगाउने तयारी भइरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा महाशाखाका सहसचिव कृष्णप्रसाद काप्री जानकारी दिए ।


अहिले देशभरका विद्यालयहरु १० देखि ४ बजेसम्म पठनपाठन भइरहको छन् । ट्राफिक व्यवस्थापनको नयाँ नियम बनेसँगै काठामडौं, भक्तपुर र ललितपुर जिल्लामा बस भएका विद्यालयहरुको पठनपाठन ९ देखि ३ बजे हुन सक्‍ने काप्रीले बताए ।


नयाँ नियम लागू गर्नका लागि शिक्षा मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरिरहेको सहसचिव काप्रीले बताए । मन्त्रालयले ट्राफिक,गृह मन्त्रालय,प्याब्सन लगायतका संस्थाका प्रतिनिधिहरुसँग छलफल गरिरहेको छ ।

प्रकाशित : चैत्र ३, २०७६ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?