कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विदेशी विनिमय मुद्दामा फरार शेर्पा पक्राउ

काठमाडौँ — केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंले विदेशी विनिमय मुद्दामा फरार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ३ की साङ्डोमा शेर्पालाई लाई पक्राउ गरेको छ ।

विदेशी विनिमय मुद्दामा फरार शेर्पा पक्राउ

शेर्पालाई ब्यूरोको टोलीले आइतबार स्वयम्भूबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए ।

विदेशी विनिमय मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतको २०७१ साउन २० गते शेर्पालाई ६८ लाख ६२ हजार ४ सय १३ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

फैसलापछि फरार शेर्पालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशले केन्द्रीय कारागार कार्यालय काठमाडौं पठाइएको प्रवक्ता पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र ३, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?