काेराेना प्रभाव : घोडेजात्रा समारोहमा समिति व्यक्तिहरु मात्रै- समाचार - कान्तिपुर समाचार

काेराेना प्रभाव : घोडेजात्रा समारोहमा समिति व्यक्तिहरु मात्रै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध प्रस्तुतीका साथ आयोजना गर्दै आएको घोडेजात्रा समारोह यस पटक सिमित व्यक्तिहरूमात्र सामेल गरेर आन्तरिक रुपमा गर्ने भएको छ । 


विश्वमा फैलिएको कोरोना भाइरसका कारण चैत ११ मा पर्ने उक्त घोडेजात्रा समारोह सेनाले परम्परालाई कायम राख्‍ने उद्देश्यका साथ आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तीमार्फत् जानकारी दिएको हो ।


सेनाका अनुसार यस वर्ष समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय गरिएको हो ।

प्रकाशित : चैत्र २, २०७६ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना नियन्त्रणका लागि जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन पाकिस्तानको आग्रह 

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस नियन्त्रणका लागि जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन पाकिस्तानले भारतलाई आग्रह गरेको छ ।

आइतबार कोभिड–१९ विरुद्धको लडाइँमा आगामी रणनीति तयार गर्न सार्क मुलुकका सरकार प्रमुख तथा प्रतिनिधिबीच भएको भिडियो कन्फरेन्समा पाकिस्तानको प्रतिनिधित्व गर्दै पाकिस्तानका स्वास्थ्यमन्त्री जाफर मिर्जाले प्रतिबन्ध हटाउन आग्रह गरेका हुन् ।
चिकित्सक समेत रहेका स्वास्थ्यमन्त्री मिर्जाले कोरोना विरुद्धको लडाइँमा जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने बताएका हुन् । यस्तै, उनले कोरोनाको विषयमा पाकिस्तान सार्कका अन्य मुलुक जसरी नै गम्भिर भएर लागि परेको बताए । सार्कका सबै मुलुकहरुमा कोरोना देखिएकाले कोरोना विरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्ने मिर्जाले बताएका थिए ।

भिडियो कन्फरेन्समा स्वास्थ्यमन्त्री मिर्जाले कोरोना विरुद्धको लडाइँमा इस्लामावादमा सार्क स्वास्थ्यमन्त्री स्तरीय बैठकको प्रस्ताव समेत गरेका छन् ।

प्रकाशित : चैत्र २, २०७६ १९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×