२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

संसद्का महासचिव भट्टराईको कार्यकाल पूरा, योगीलाई जिम्मेवारी

काठमाडौँ — संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले कार्यकाल पूरा गरेका छन् । भट्टराईले कार्यकाल पूरा गरेर निवृत्त भएपछि खाली भएको संसद्को महासचिवको जिम्मेवारी अर्को व्यवस्था नभएसम्मका लागि संघीय संसद् प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई दिइएको छ ।

संसद्का महासचिव भट्टराईको कार्यकाल पूरा, योगीलाई जिम्मेवारी

सभामुख अग्‍निप्रसाद सापकोटाले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा महासचिवले गर्दै आएका कामको जिम्मा सचिव योगीलाई दिएको उनले लेखेको पत्रमा उल्लेख छ ।

सभामुख सापकोटाको पत्रमा लेखिएको छ, 'अर्को व्यवस्था नभएसम्मका लागि संघीय संसद्को महासचिवले गर्न भनी प्रतिनिधिसभा नियमावली, २०७५ तथा राष्ट्रिय सभा नियमावली २०७५ र संघीय संसद् सचिवालय सम्बन्धी ऐन,२०६४ तथा सो अन्तर्गत बनेका नियमावली बमोजिम तोकिएका कार्यहरू गर्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २ को खण्ड (ट) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २ को खण्ड (ड) बमोजिम राष्ट्रिय सभाको अध्यक्षको परामर्शमा तपाईंलाई तोकेको छु ।'

भट्टराईले यसअघि संविधानसभा तथा व्यवस्थापिका संसदको पनि महासचिव भएर काम गरेका थिए ।

सचिव योगीलाई सोमबारबाट अर्को व्यवस्था नभएसम्मका लागि महासचिवको कार्यभार सम्हाल्न भनेर सभामुखले जिम्मेवारी दिएका हुन् ।

प्रकाशित : चैत्र २, २०७६ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?