'फलोअप'का लागि प्रधानमन्त्री शिक्षण अस्पतालमा 

स्वरूप आचार्य

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि मुत्रनलीमा राखिएको स्टेन्ट आइतबार निकालिने भएको छ । त्यसका लागि ओली शिक्षण अस्पताल जान लागेको उनको सचिवालयले जनाएको छ ।  

'फलोअप'का लागि प्रधानमन्त्री शिक्षण अस्पतालमा 

प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहका अनुसार यो सामान्य प्रक्रिया हो र यसमा धेरै समय पनि लाग्दैन । ‘आज मुत्रनलीमा राखिएको स्टेन्ट निकाल्ने हो । त्यो राखेको धेरै दिन भइसक्यो । धेरै राख्नुपनि हुँदैन,’ उनले भनिन्, ‘यो निकाल्न धेरै समय पनि लाग्दैन । सामान्य प्रक्रिया हो । त्यो निकालेर फर्किनुहुन्छ ।’


मिर्गौला प्रत्यारोपणपछि नयाँ मिर्गौलाबाट पिसाब सहजै मुत्रथैलीसम्म पुगोस् भनेर राखिएको स्टेन्ट प्रा.डा. उत्तम शर्माले झिक्न लागेका हुन् । ‘त्यो सामान्य कुरो हो,’ उनले भने, ‘हामी अस्पतालमा कुरिरहेका छौं । उहाँ आउनेबित्तिकै झिकेर पठाइदिन्छौं ।’ उनको अन्य कुनै परीक्षण हुने/नहुनेबारे भने चिकित्सकहरुले केही बताएनन् ।

प्रधानमन्त्री ओलीले आइतबार ५:१५ बजे दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखहरुसँग कोरोना महामारीका विषयमा भिडियो कन्फरेन्समार्फत बैठक गर्ने कार्यक्रम रहेको छ ।

यो पनि


प्रकाशित : चैत्र २, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?