कोरोना त्रासले कार्यक्रम उद्घाटन नगरी फर्किए मन्त्री- समाचार - कान्तिपुर समाचार

कोरोना त्रासले कार्यक्रम उद्घाटन नगरी फर्किए मन्त्री

रासस

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल महोत्तरीको एक कार्यक्रमको उद्घाटन नगरी फर्किएका छन् । 

शनिबार उनले मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्ने कार्यक्रम थियो । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सभा तथा सम्मेलन आयोजना नगर्ने सरकारको नीति रहेको हुँदा मन्त्री पोखरेलले सार्वजानिक कार्यक्रममा भवनको उद्घाटन नगरेका हुन् ।


उक्त अवसरमा उनले सरकारले ४१ सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिसकेको र थप नाकामासमेत गर्ने तयारीमा रहेको जानकारी दिए । उनले केही दिनका लागि कुनै पनि सभा, सम्मेलन, भोजभतेर र धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न आग्रह गरे ।

प्रकाशित : चैत्र १, २०७६ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्

शोकमा डुब्यो रमदैयाको चमरटोली र मण्डल टोल

विषाक्त मदिरा सेवन
सन्तोष सिंह

रमदैया,धनुषा — रमदैयाको चमरटोली र मण्डल टोल शोकमा डुबेको छ । सुनसान टोलमा प्रवेश गर्न साथ आँखा रसाउँछ । होलीको रंग नछुट्दै रमदैया स्तब्ध बनेको छ । ८ जनाको मृत्युले घर घरमा रुवावासीले स्थानीय विक्षिप्त छन् ।

रमदैयाको मुख्य सडक भन्दा पश्चिमतर्फ लाग्‍ने सहायक साँघुरो सडकसँगै जोडिएको बाक्लो बस्तीमा एकपछि अर्को मृत्युको खबरले स्थानीय त्रसित छन् । चमरटोलीसंगै रहेको यादव बस्ती र मण्डल टोलमा समेत रुवाबासीको अवस्था उस्तै छ । गाउँलेले विषाक्त मदिरा सेवनबाट मृत्यु भएका स्थानीयको दाहसंस्कारका लागि घर घरबाट गुइँठा संकलन थालेका छन् ।

मण्डल टोलको एकै परिवारका २ जना दाजुभाइको मृत्यु र अर्का भाइ अस्पतालको शैय्यामा अचेत हुँदा मण्डल बस्ती सुनसान छ । आगनमा रुवावासीले जो कोही पनि भावुक हुन्छन् । तीन महिना मजदुरी गरी एक साताअघि मात्र दिल्लीबाट होली मनाउन घर आइपुगेका ४७ वर्षीया शत्रुधन मण्डल र १० दिन अघि मात्र मलेसियाबाट घर फर्केका ४५ वर्षीय रामविलास मण्डलको विषाक्त मदिरा सेवनले मृत्यु भयो । दुवै जना दाजु भाइ हुन् । उनीहरुका जेठो दाइ ५० वर्षीय भरत मण्डल पनि मदिरा सेवन गर्दा सिकिस्त भएर अस्पतालमा उपचारार्थ छन् ।

उनीहरुका छिमेकी राजकिशोर मण्डल पनि अस्पतालमै भर्ना छन् । सँगै घरको २ जनाको मृत्यु र २ जना अस्पतालको शैय्यामा हुँदा टोलभरी रुवाबासी चलेको छ । होली पर्वमा बुधबार विषाक्त मदिरा सेवनले रमदैमा ८ जनाको मृत्यु भएको थियो । यस्तै, विषाक्त मदिरा सेवनबाट ६ जना सिकिस्त छन् र उनीहरुको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ ।

गाउँमा शान्तिका लागि यज्ञ
एक पछि अर्कोको मृत्यु भएपछि चमार बस्तीमा यज्ञ आरम्भ गरिएको छ । शुक्रबारदेखि नै यज्ञ आरम्भ गरिएको हो । गाउँमा कुदृष्टि हटाउन ७२ घण्टे यज्ञ थालिएको स्थानीय दुलारी देवी महराले बताइन् । स्थानि दुलारी देवी, सोमनी देवी र दोरिक यादवले यज्ञ सुरु गरेका हुन् ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : चैत्र १, २०७६ १४:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×