शोकमा डुब्यो रमदैयाको चमरटोली र मण्डल टोल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शोकमा डुब्यो रमदैयाको चमरटोली र मण्डल टोल

विषाक्त मदिरा सेवन
सन्तोष सिंह

रमदैया,धनुषा — रमदैयाको चमरटोली र मण्डल टोल शोकमा डुबेको छ । सुनसान टोलमा प्रवेश गर्न साथ आँखा रसाउँछ । होलीको रंग नछुट्दै रमदैया स्तब्ध बनेको छ । ८ जनाको मृत्युले घर घरमा रुवावासीले स्थानीय विक्षिप्त छन् ।

रमदैयाको मुख्य सडक भन्दा पश्चिमतर्फ लाग्‍ने सहायक साँघुरो सडकसँगै जोडिएको बाक्लो बस्तीमा एकपछि अर्को मृत्युको खबरले स्थानीय त्रसित छन् । चमरटोलीसंगै रहेको यादव बस्ती र मण्डल टोलमा समेत रुवाबासीको अवस्था उस्तै छ । गाउँलेले विषाक्त मदिरा सेवनबाट मृत्यु भएका स्थानीयको दाहसंस्कारका लागि घर घरबाट गुइँठा संकलन थालेका छन् ।


मण्डल टोलको एकै परिवारका २ जना दाजुभाइको मृत्यु र अर्का भाइ अस्पतालको शैय्यामा अचेत हुँदा मण्डल बस्ती सुनसान छ । आगनमा रुवावासीले जो कोही पनि भावुक हुन्छन् । तीन महिना मजदुरी गरी एक साताअघि मात्र दिल्लीबाट होली मनाउन घर आइपुगेका ४७ वर्षीया शत्रुधन मण्डल र १० दिन अघि मात्र मलेसियाबाट घर फर्केका ४५ वर्षीय रामविलास मण्डलको विषाक्त मदिरा सेवनले मृत्यु भयो । दुवै जना दाजु भाइ हुन् । उनीहरुका जेठो दाइ ५० वर्षीय भरत मण्डल पनि मदिरा सेवन गर्दा सिकिस्त भएर अस्पतालमा उपचारार्थ छन् ।


उनीहरुका छिमेकी राजकिशोर मण्डल पनि अस्पतालमै भर्ना छन् । सँगै घरको २ जनाको मृत्यु र २ जना अस्पतालको शैय्यामा हुँदा टोलभरी रुवाबासी चलेको छ । होली पर्वमा बुधबार विषाक्त मदिरा सेवनले रमदैमा ८ जनाको मृत्यु भएको थियो । यस्तै, विषाक्त मदिरा सेवनबाट ६ जना सिकिस्त छन् र उनीहरुको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ ।


गाउँमा शान्तिका लागि यज्ञ

एक पछि अर्कोको मृत्यु भएपछि चमार बस्तीमा यज्ञ आरम्भ गरिएको छ । शुक्रबारदेखि नै यज्ञ आरम्भ गरिएको हो । गाउँमा कुदृष्टि हटाउन ७२ घण्टे यज्ञ थालिएको स्थानीय दुलारी देवी महराले बताइन् । स्थानि दुलारी देवी, सोमनी देवी र दोरिक यादवले यज्ञ सुरु गरेका हुन् ।


यो पनि पढ्नुहोस्ः

धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

प्रकाशित : चैत्र १, २०७६ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्

एसईई परीक्षा केन्द्रमा हेल्थ डेस्क

सुदीप कैनी

काठमाडौँ — सरकारले एसईई परीक्षा अवधिभर देशभरका परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ ।आगामी चैत ६ गतेदेखि सुरू हुने एसईई परीक्षामा हेल्थ डेस्क राख्न जिल्लास्थित परीक्षा समन्वय समितिलाई निर्देशन दिइएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पाखेरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहभागी बैठकले परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने र स्थानीय तहहरूमा स्वयम्सेवक परिचालन गर्ने निर्णय गरेको हो । विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट परीक्षार्थी प्रभावित हुन सक्ने भन्दै परीक्षा केन्द्रमा हेल्थ डेक्स स्थापना गर्न लागिएको हो । डेस्कमा भाइरसको लक्षण देखिएका विद्यार्थीले तुरून्तै जाँच गर्न सक्नेछन् ।

एसईई परीक्षा सञ्चालन र व्यवस्थापनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा परीक्षा समन्वय समिति रहने व्यवस्था छ । उक्त समितिले हेल्थ डेस्क स्थापना र सञ्चालन गर्ने शर्माले जानकारी दिए । शिक्षा मन्त्रालयले स्वास्थ्यकर्मीसहितको डेस्क स्थापनाका लागि स्वास्थ्य मन्त्रालयलाई यसअघि नै आग्रह गरिसकेको थियो । त्यसका लागि स्वास्थ्य मन्त्रालयलाई समेत परीक्षा केन्द्रको सूची उपलब्ध गराइसकेको छ । मुलुकभर १ हजार ९ सय ९४ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुँदैछ । यसवर्ष ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।

त्यस्तै यी दुई मन्त्रालयले स्थानीय तहहरूमा कोराना भाइरससम्बन्धी जनचेतना फैलाउन स्वयम्सेवक परिचालन गर्ने भएको छ । स्वयसेवक परिचलानका लागि शिक्षा मन्त्रालयका सहसचिव शर्मा र स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलले स्वयम्सेवकका रूपमा चिकित्सा शिक्षा अध्ययरत विद्यार्थीलाई खटाउने विषयमा अध्ययन गर्नेछ ।

स्‍थानीय तहहरूमा स्वास्थ्य कार्यकर्ता, स्वास्थ्य चौकी, प्राथमिकता स्वास्थ्य केन्द्र, अस्पताल र जिल्ला अस्पातल, निजी अस्पतालका स्वास्थ्यकर्मी र मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सीटीईभीटीका नर्सिङ कलेजका विद्यार्थीहरूलाई कसरी परिचालन गर्न सकिन्छ भनेर कार्यदलले अध्ययन गर्ने शर्माले जनाए ।

प्रकाशित : चैत्र १, २०७६ १४:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×