एसईई परीक्षा केन्द्रमा हेल्थ डेस्क- समाचार - कान्तिपुर समाचार

एसईई परीक्षा केन्द्रमा हेल्थ डेस्क

सुदीप कैनी

काठमाडौँ — सरकारले एसईई परीक्षा अवधिभर देशभरका परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ ।आगामी चैत ६ गतेदेखि सुरू हुने एसईई परीक्षामा हेल्थ डेस्क राख्न जिल्लास्थित परीक्षा समन्वय समितिलाई निर्देशन दिइएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पाखेरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहभागी बैठकले परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने र स्थानीय तहहरूमा स्वयम्सेवक परिचालन गर्ने निर्णय गरेको हो । विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट परीक्षार्थी प्रभावित हुन सक्ने भन्दै परीक्षा केन्द्रमा हेल्थ डेक्स स्थापना गर्न लागिएको हो । डेस्कमा भाइरसको लक्षण देखिएका विद्यार्थीले तुरून्तै जाँच गर्न सक्नेछन् ।


एसईई परीक्षा सञ्चालन र व्यवस्थापनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा परीक्षा समन्वय समिति रहने व्यवस्था छ । उक्त समितिले हेल्थ डेस्क स्थापना र सञ्चालन गर्ने शर्माले जानकारी दिए । शिक्षा मन्त्रालयले स्वास्थ्यकर्मीसहितको डेस्क स्थापनाका लागि स्वास्थ्य मन्त्रालयलाई यसअघि नै आग्रह गरिसकेको थियो । त्यसका लागि स्वास्थ्य मन्त्रालयलाई समेत परीक्षा केन्द्रको सूची उपलब्ध गराइसकेको छ । मुलुकभर १ हजार ९ सय ९४ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुँदैछ । यसवर्ष ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।


त्यस्तै यी दुई मन्त्रालयले स्थानीय तहहरूमा कोराना भाइरससम्बन्धी जनचेतना फैलाउन स्वयम्सेवक परिचालन गर्ने भएको छ । स्वयसेवक परिचलानका लागि शिक्षा मन्त्रालयका सहसचिव शर्मा र स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलले स्वयम्सेवकका रूपमा चिकित्सा शिक्षा अध्ययरत विद्यार्थीलाई खटाउने विषयमा अध्ययन गर्नेछ ।


स्‍थानीय तहहरूमा स्वास्थ्य कार्यकर्ता, स्वास्थ्य चौकी, प्राथमिकता स्वास्थ्य केन्द्र, अस्पताल र जिल्ला अस्पातल, निजी अस्पतालका स्वास्थ्यकर्मी र मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सीटीईभीटीका नर्सिङ कलेजका विद्यार्थीहरूलाई कसरी परिचालन गर्न सकिन्छ भनेर कार्यदलले अध्ययन गर्ने शर्माले जनाए ।

प्रकाशित : चैत्र १, २०७६ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्

रहिनन् साहित्यकार इन्द्रमणि दर्नाल

मनोज बोगटी

दार्जिलिङ — हत्तपत्त चर्चामा नआउने तर लेखनमा सक्रिय रहेकी दार्जिलिङकी नाटककार, कथाकार इन्द्रमणि दर्नालको ७० वर्षको उमेरमा निधन भएको छ । जनवरीदेखि मुटुको बिरामीले थलिएकी दर्नालको उपचारका क्रममा दार्जिलिङको एक अस्पतालमा उपचारकै क्रममा उनको देहान्त भएको हो।

दर्नाल साहित्य अकादमी दिल्लीका सदस्य पनि हुन्। दार्जिलिङको साहित्यिक संस्थाबसुधाकी संस्थापकमध्ये उनी पनि एक हुन्।समाचोलक डा. कविता लामाले दर्नालकै पहिलो कथा कृति म्याडम' अनिकथाहरूको समालोचना गरेर स्वतन्त्र समालोचना सुरु गरेकी थिइन्। दर्नाल मूलत: नाटककार हुन्। नाटकका कृति बाहेक कथार उपन्याससमेत प्रकाशित गरिसकेकी छन्।

पौराणिक वा पूर्वीय मिथबारे नाटक लेख्न खप्पिस दर्नाल भारतीय नेपालीसाहित्यमा पहिलो महिला नाटककारका रुपमा पनि चिनिन्छन्। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनकोसाङ्गोपाङ्गो विषय समेटेर उपन्यास लेख्ने पनि उनी नै पहिलो हुन्। उनको उपन्यास 'अर्धविराम'मा १९८०को दशकमा सुरु भएकोछुट्टै राज्य गोर्खाल्याण्डको कथा छ। यसै उपन्यासको दोस्रो भाग पनि लेखिसकेका छन्।जसमा २०१७ मा भएकोआन्दोलनको कथा रहेको छ।

पौराणिक विषयवस्तुमा आधारित रहेर उनले लेखेका नाटक 'ययाति', 'अक्षीभू''कृष्णाकृष्णा' पनि सँधैचर्चामा आइरहने किताबमध्येमा पर्छन्। उनको 'कृष्णाकृष्णा'नाटकसंग्रहले पश्चिम बङ्गालको रवीन्द्र अकादमी पुरस्कार प्राप्त गरिसकेको छ।

उनको नयाँनाटक संग्रह 'मीना'प्रकाशनको तयारीमा थियो, मैले भूमिका लेख्दै थिएँ। उपन्यास अर्धविराम र नयाँ नाटकसंग्रह प्रकाशनको तयारीमा थिइन्,डा. कवितालामाले सुनाइन्, कृतिप्रकाशन गर्न नपा बितिन्,भारतीय नेपाली समाजले एकजना राम्रा लेखक गुमायो।

लामाले भारतीय नेपाली समाजमा धेरै जना ओझलमा परेका लेखकहरू रहेको भन्दैदर्नाल पनि एक रहेको जनाइन्। दर्नाललेनेपाली साहित्य जगतलाईजति कृतिहरू दिएक छन्,त्यसको मात्र अध्ययन गरियो भने भारतीय नेपाली महिला लेखकको शक्ति थाहा पाइन्छ, उनले भनिन्, तर समालोचना र चर्चा नगरेर नै उनलाई ओझल पारियो। दर्नाल आफै पनिपठनसंस्कृतिको अविकसित स्थितिसित दुखित थिइन्।

नेपालकी साहित्यकार लीलालुइँटेलले दर्नाललाई सामाजिक, पौराणिक, ऐतिहासिकविषयवस्तुको प्रस्तुति र नाटकमा नारीका कमीकमजोरी केलाएर नारी शक्तिको पहिचान खोतल्ने लेखक भनेकी छन्।

प्रकाशित : चैत्र १, २०७६ १४:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×