रहिनन् साहित्यकार इन्द्रमणि दर्नाल
दार्जिलिङ — हत्तपत्त चर्चामा नआउने तर लेखनमा सक्रिय रहेकी दार्जिलिङकी नाटककार, कथाकार इन्द्रमणि दर्नालको ७० वर्षको उमेरमा निधन भएको छ । जनवरीदेखि मुटुको बिरामीले थलिएकी दर्नालको उपचारका क्रममा दार्जिलिङको एक अस्पतालमा उपचारकै क्रममा उनको देहान्त भएको हो।
दर्नाल साहित्य अकादमी दिल्लीका सदस्य पनि हुन्। दार्जिलिङको साहित्यिक संस्थाबसुधाकी संस्थापकमध्ये उनी पनि एक हुन्।समाचोलक डा. कविता लामाले दर्नालकै पहिलो कथा कृति म्याडम' अनिकथाहरूको समालोचना गरेर स्वतन्त्र समालोचना सुरु गरेकी थिइन्। दर्नाल मूलत: नाटककार हुन्। नाटकका कृति बाहेक कथार उपन्याससमेत प्रकाशित गरिसकेकी छन्।
पौराणिक वा पूर्वीय मिथबारे नाटक लेख्न खप्पिस दर्नाल भारतीय नेपालीसाहित्यमा पहिलो महिला नाटककारका रुपमा पनि चिनिन्छन्। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनकोसाङ्गोपाङ्गो विषय समेटेर उपन्यास लेख्ने पनि उनी नै पहिलो हुन्। उनको उपन्यास 'अर्धविराम'मा १९८०को दशकमा सुरु भएकोछुट्टै राज्य गोर्खाल्याण्डको कथा छ। यसै उपन्यासको दोस्रो भाग पनि लेखिसकेका छन्।जसमा २०१७ मा भएकोआन्दोलनको कथा रहेको छ।
पौराणिक विषयवस्तुमा आधारित रहेर उनले लेखेका नाटक 'ययाति', 'अक्षीभू' र 'कृष्णाकृष्णा' पनि सँधैचर्चामा आइरहने किताबमध्येमा पर्छन्। उनको 'कृष्णाकृष्णा'नाटकसंग्रहले पश्चिम बङ्गालको रवीन्द्र अकादमी पुरस्कार प्राप्त गरिसकेको छ।
‘उनको नयाँनाटक संग्रह 'मीना'प्रकाशनको तयारीमा थियो, मैले भूमिका लेख्दै थिएँ। उपन्यास अर्धविराम र नयाँ नाटकसंग्रह प्रकाशनको तयारीमा थिइन्,’ डा. कवितालामाले सुनाइन्, ‘कृतिप्रकाशन गर्न नपाइ बितिन्,भारतीय नेपाली समाजले एकजना राम्रा लेखक गुमायो।’
लामाले भारतीय नेपाली समाजमा धेरै जना ओझलमा परेका लेखकहरू रहेको भन्दैदर्नाल पनि एक रहेको जनाइन्। ‘दर्नाललेनेपाली साहित्य जगतलाईजति कृतिहरू दिएकी छन्,त्यसको मात्र अध्ययन गरियो भने भारतीय नेपाली महिला लेखकको शक्ति थाहा पाइन्छ,’ उनले भनिन्, ‘तर समालोचना र चर्चा नगरेर नै उनलाई ओझल पारियो। दर्नाल आफै पनिपठनसंस्कृतिको अविकसित स्थितिसित दुखित थिइन्।’
नेपालकी साहित्यकार लीलालुइँटेलले दर्नाललाई सामाजिक, पौराणिक, ऐतिहासिकविषयवस्तुको प्रस्तुति र नाटकमा नारीका कमीकमजोरी केलाएर नारी शक्तिको पहिचान खोतल्ने लेखक भनेकी छन्।
प्रकाशित : चैत्र १, २०७६ १४:४३