कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इलामसँग जोडिएका सबै भारतीय नाका बन्द

विप्लव भट्टराई

इलाम — कोरोना भाइरसको संक्रमण फैलिने त्रासमा भारतले इलामसँग जोडिएका सबै नाका बन्द गरेको छ । पशुतपतिनगर, मानेभञ्ज्याङ, छब्बिसे, अन्तुलगायत नाका भारतले शनिबार बिहानैदेखि बन्द गरेको हो ।

इलामसँग जोडिएका सबै भारतीय नाका बन्द

भारतीय पक्षबाट नाका बन्द गरिएपछि आउजाउसहित सामान ल्याउने लैजाने काम पनि बन्द भएको पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए ।

इलामका नागरिकले अब विकल्पको रुपमा काँकडभिट्टा या जोगबनी नाका प्रयोग गर्नु पर्नेछ । शनिबारका लागि मात्र भन्दै स्थानीयवासीलाई भने सामान्य रुपमा ओहोरदाहोर गर्न दिइएको छ ।

कोरोना फैलन नदिन भन्दै सूर्योदय नगरपालिकाले गत फागुन २२ देखि पशुपतिनगरमा साहयता तथा परामर्श केन्द्र राखेको थियो । शुत्रलबार साँझसम्म केन्द्रमा साडे ७ हजारको परिक्षण गरिएको थियो । केन्द्रका अनुसार दैनिकरुपमा आउजाउ गर्नेको संख्यामा कमी आइरहेको थियो ।

सबै नाका बन्द हुँदा जिल्लाका पूर्वी र उत्तरी क्षेत्रका बासिन्दालाई दैनिक उपभोग्य सामग्री ल्याउन र सागसब्जीसहित नगदेबाली बिक्रीमा प्रत्यक्ष असर पर्नेछ । साथै यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य उपचार र दार्जिलिङ क्षेत्रका विद्यालयमा पढाइका लागि जान पनि समस्या हुनेछ ।

प्रकाशित : चैत्र १, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?