समाचार

पाँच अस्पताललाई आइसोलेसन केन्द्र बनाइने, स्वास्थ्यकर्मीलाई घर बिदामा जान रोक

सरकारले मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका बिरामी देखिए तत्काल उपचारको व्यवस्था गर्न राजधानीका पाँचवटा अस्पताललाई उपचार केन्द्र बनाउने भएको छ ।

घरेलु मदिराबाट स्यानिटाइजर बनाउन सिकाइँदै

कोरोना भाइरसको त्रासले बजारमा स्यानिटाइजर अभाव भएपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले घरेलु मदिराबाट स्यानिटाइजर बनाउन सिकाउने भएको छ । 

करिब ८० हजार मास्कसहित ८ जना पक्राउ

महँगाेमा बेच्न लागिएको करिब ८० हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले शनिबार राजधानीको डल्लुबाट पक्राउ गरेको हो ।

वडा विभाजनको निर्णय

कुशे गाउँपालिकाको सातौं गाउँसभाले वडा विभाजनको प्रस्ताव पारित गरेको छ । वडा नम्बर २ र ५ लाई विभाजन गरेर थप दुईवटा वडा बनाइने प्रस्ताव पारित गरिएको हो ।

पाँच पदमा ९३३ को आवेदन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पाँच जना कृषि प्रशिक्षण सहायक माग गरेको विज्ञापनमा ९ सय ३३ जनाले आवेदन दिएका छन् ।

यातायातमा एकाधिकार गरे पाँच वर्ष कैद

सार्वजनिक यातायात सञ्चालनमा कुनै प्रकारको एकाधिकार गर्ने कम्पनी (प्रतिष्ठान) का सञ्चालक या व्यवसायीलाई ५ वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने गरी संघीय संसद् सचिवालयमा विधेयक दर्ता भएको छ ।

हिमालपारि पनि सतर्कता

कोरोना भाइरस संक्रमण रोकथामका लागि पर्यटकले मुस्ताङ भित्रिने नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । सडक मार्गबाट मुस्ताङ जानेका लागि घाँसा र मुक्तिनाथमा डेस्क राखिएको हो ।

कोरोनाविरुद्ध एकजुट हुन राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउनुपर्न आह्वान गरेकी छन् । उनले शनिबार सामाजिक सञ्जालमा ट्विट गरी कोरोनाको संक्रमणबाट जोगिन यसविरुद्धको विश्वव्यापी अभियानमा एकजुट हुन सबैलाई अपिल गरेकी हुन् ।

हेटौँडा–काठमाडौं रोपवेको सम्भाव्यता अध्ययन गरिने

वागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले हेटौँडा–काठमाडौँ जोड्ने रोपवे लाइन सञ्चालनका लागि वागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने बताएका छन् । 

इन्जिनियर र अधिकृतविरुद्ध मुद्दा

इन्जिनियर र शाखा अधिकृत (रेन्जर) सहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पाँच पदमा ९३३ को आवेदन 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले पाँच जना कृषि प्रशिक्षण सहायक माग गरेको विज्ञापनमा ९ सय ३३ जनाले आवेदन दिएका छन् ।

संविधानको सीमा हरेफेर गर्ने बहस उचित छैन : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानको सीमा हरेफेर गर्ने बहस उचित नभएको बताएका छन् । उनले अहिले संविधान कार्यान्वयन गर्ने समय भएकाले संविधान हेरफेरको बहस गर्ने समय नभएको बताए । 

माैसम परिवर्तनसँगै डेंगु देखियाे

मौसम परिवर्तनसँगै नेपालमा डेंगु रोग पनि देखिन थालेकाे छ। इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका अनुसार नेपालका विभिन्‍न अस्पतालहरुबाट सन् २०२० (जनवरीदेखि मार्च १३ सम्म)मा ३६ वटा डेंगुका बिरामी देखिएका छन् ।

मदिरा बिक्रीमा कडाइ गर्न सांसदहरुको माग

प्रदेश २ का सांसदहरुले प्रदेशमा घरेलु मदिरा नियन्त्रण गर्न माग गरेका छन् । घरेलु मदिराले पटक पटक मानवीय क्षति भएको भन्दै सांसदहरु प्रदेश सरकारले योजनाबद्ध तरिकाले मदिरा बिक्री वितरण नियन्त्रण गर्न माग गरेका छन् ।

भारतद्वारा नेपालका नाकामा कडाइ, आपूर्तिमा कुनै असर नपर्ने

भारतले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि भन्दै नेपालसँगका केही प्रमुख नाकाहरुमात्रै खुला राख्‍ने निर्णय गरेको छ । बुधबार भारतको गृह मन्त्रालयले दुई देशका नागरिकहरु ओहोरदोहोर गर्नका लागि वीरगन्ज (रक्सौल), भैरहवा (सुनौली), महेन्द्रनगर (बनबासा) र काकडभिट्टा (रानीगन्ज) मात्र खुला राख्ने निर्णय गरेको हो ।

शोकमा डुब्यो रमदैयाको चमरटोली र मण्डल टोल

रमदैयाको चमरटोली र मण्डल टोल शोकमा डुबेको छ । सुनसान टोलमा प्रवेश गर्न साथ आँखा रसाउँछ । होलीको रंग नछुट्दै रमदैया स्तब्ध बनेको छ । ८ जनाको मृत्युले घर घरमा रुवावासीले स्थानीय विक्षिप्त छन् ।

एसईई परीक्षा केन्द्रमा हेल्थ डेस्क

सरकारले एसईई परीक्षा अवधिभर देशभरका परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ ।आगामी चैत ६ गतेदेखि सुरू हुने एसईई परीक्षामा हेल्थ डेस्क राख्न जिल्लास्थित परीक्षा समन्वय समितिलाई निर्देशन दिइएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

रहिनन् साहित्यकार इन्द्रमणि दर्नाल

हत्तपत्त चर्चामा नआउने तर लेखनमा सक्रिय रहेकी दार्जिलिङकी नाटककार, कथाकार इन्द्रमणि दर्नालको ७० वर्षको उमेरमा निधन भएको छ । जनवरीदेखि मुटुको बिरामीले थलिएकी दर्नालको उपचारका क्रममा दार्जिलिङको एक अस्पतालमा उपचारकै क्रममा उनको देहान्त भएको हो।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे दाहाल 

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भेटेका छन् । 

कोइराला परिवारबाटै सभापति हुनुपर्छ भन्ने मान्यता मेरो छैन : कोइराला

कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले कोइराला परिवारबाटै सभापति हुनुपर्छ भन्ने मान्यतामा आफू नरहेको बताएका छन् । शनिबार गोरखा सदरमुकाममा पत्रकारहरुसँग कुराकानीमा कोइरालले कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले जसलाई रुचाउछन् त्यही पार्टी सभापति हुने बताए ।

कोरोना प्रकोप : नाकामा छैन पर्याप्त सतर्कता

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपाल–भारत सीमा नाकामा सतर्कता अपनाउने भनिए पनि जनशक्ति र स्रोतसाधन अभाव देखिएको छ । पूर्वी नाकामा औपचारिकता मात्रै देखिएको छ ।

बाँस्कोटा प्रकरण छानबिन गर्न लेखाको निर्देशन

सेक्युरिटी प्रेस खरिद प्रक्रिया र पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूस मागेको विषयमा छानबिन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । 

इलामसँग जोडिएका सबै भारतीय नाका बन्द

कोरोना भाइरसको संक्रमण फैलिने त्रासमा भारतले इलामसँग जोडिएका सबै नाका बन्द गरेको छ । पशुतपतिनगर, मानेभञ्ज्याङ, छब्बिसे, अन्तुलगायत नाका भारतले शनिबार बिहानैदेखि बन्द गरेको हो ।

धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

धनुषामा विषाक्त घरेलु मदिराको सेवनबाट मुत्यु हुनेको संख्या ८ पुगेको छ । मदिरा सेवनबाट सिकिस्त बिरामी परेका २ जनाको र शुक्रबार मदिरा सेवन गरेका थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए  ।

हेलिकप्टरका विदेशी पाइलटलाई बिदाइ

सरकारले यस पटकको वसन्तकालीन हिमाल आरोहणलगायतका पर्यटकीय गतिविधिमा रोक लगाएपछि नेपाली हेलिकप्टर कम्पनीहरूले विदेशी पाइलटलाई बिदाइ गरेका छन् । चार्टर उडान घटेपछि १५ वटा हेलिकप्टर ग्राउन्डेड गरिएको छ ।वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार यो सिजनका लागि राखिएका १५ जना विदेशी पाइलटलाई बिदाइ गरिएको छ ।

सुडान जाने सुरक्षाकर्मी रोकिए

विश्वभर कोरोना भाइरसको प्रकोप बढेसँगै संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत छनोट भएर त्यसतर्फ जाने तयारीमा रहेका सुरक्षाकर्मी रोकिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट मिसन जाने तयारीमा रहेका सबै सुरक्षाकर्मीलाई राष्ट्रसंघको आग्रहमा रोकिएका हुन् ।

पितालाई ढोग्दै बालुवाटार छिरे प्रधानमन्त्री

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली १२ दिने अस्पताल बसाइपछि शुक्रबार साँझ बालुवाटार फर्किएका छन् । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले पूर्ण स्वास्थ्य लाभ भएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको जनाएकी छन् ।