कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

१२ दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री डिस्चार्ज 

स्वरूप आचार्य

काठमाडौँ — मिर्गौला प्रत्यारोपणका लागि १२ दिनको अस्पताल बसाइपछि शुक्रबार साँझ प्रधानमन्‍त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको छ । शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली केहीबेर अघि डिस्चार्ज भएका हुन् ।

१२ दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री डिस्चार्ज 

उनी नियमित फलोअपमा रहनुपर्ने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार प्रधानमन्‍त्री ओलीका महत्वपूर्ण अंगका परिसूचक र परीक्षणहरु राम्रो अवस्थामा रहेका छन् ।

फागुन १९ गते अस्पताल भर्ना भएका ओलीको २१ गते बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनकी मिर्गौलादाता समीक्षा संग्रौला यसअघि नै डिस्चार्ज भइसकेकी छन् ।

'सम्माननीय प्रधानमन्‍त्री श्री केपी शर्मा ओलीज्यू त्रिवि शिक्षण अस्पतालमा २०७६ फागुन १९ गते भर्ना हुनु भई फागुन २१ गते उहाँको मिर्गौला प्रत्यारोपण गरिएको थियो । आज उहाँलाई अस्पतालबाट पूर्ण स्वास्थ्यलाभपछि डिस्चार्ज गरिएको छ', मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभाग प्रमुख एवं प्रधानमन्‍त्रीका निजी चिकित्सक दिव्या सिंह शाहले शुक्रबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'उहाँका भाइटल तथा ल्याब सूचकांकहरु राम्रो अवस्थामा रहेका छन् ।'

अस्पतालले प्रधानमन्‍त्रीले आवश्यक सतर्कताका साथ नियमित सबै काम गर्न सक्ने जनाएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७६ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?