२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रधानमन्त्रीलाई पिसाबको संक्रमण देखिएन : चिकित्सक

स्वरूप आचार्य

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई संक्रमण भएको आशंका गरिएपनि पिसाब कल्चरको रिपोर्ट सामान्य आएको छ । निजी चिकित्सक डा. दिव्यासिंह शाहका अनुसार कल्चरको रिपोर्टमा प्रधानमन्त्रीको पिसाबमा कुनै संक्रमण नरहेको देखिएको छ ।

प्रधानमन्त्रीलाई पिसाबको संक्रमण देखिएन : चिकित्सक

प्रधामन्त्रीलाई पिसाबको संक्रमण भएको हुनसक्ने आशंका गर्दै चिकित्सकहरुले ४८ घण्टा अघि उनको पिसाबको जाँच गर्न पठाएका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीको शरिरमा केरिटिनिनको स्तर सामान्य रहेपनि उनको पिसाब केही टर्बिड (हेर्दा सफा नभएर केही बाक्लो देखिने) देखिएपछि संक्रमणको आशंका चिकित्सकले गरेका थिए ।

कल्चरको रिपोर्ट सामान्य आएपछि शुक्रबार बिहानको राउण्ड पछि ओलीलाई डिस्चार्ज गर्ने या अस्पतालमै राख्ने भन्ने निर्णय गरिने जानकारी डा. शाहले दिइन् । उनको अनुसार कल्चरको रिपोर्टसँगै बिहीबार प्रधानमन्त्रीको अन्य परिक्षणको रिपोर्ट पनि सामान्य आएको छ ।

यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा पनि मन्त्रिपरिषद् बैठक लगायत अन्य भेटघाटका लागि पनि विशेष प्रकारको व्यवस्था मिलाउन केही समय लाग्ने भएकाले प्रधानमन्त्रीको डिस्चार्ज मिति केही पछि धकेलिएको जानकारी दिइएको थियो । डा. शाहकै नेतृत्वमा प्रधानमन्त्रीको निवासमा उनलाई संक्रमणबाट जोगाउनुका साथै दैनिक कार्य व्यवस्थित बनाउनका लागि सेटअपहरु परिवर्तन भइरहेको छ ।

साथै आज प्रधानमन्त्रीसँग उनकी पत्नी राधिका शाक्यले पनि भेट गरेको प्रमुख सल्लाहकार विष्णु रिमालले ट्वीट मार्फत जानकारी दिएका थिए ।

प्रधानमन्त्री ओलीलाई पहिला पनि क्लेबसेला ब्याक्टेरियाको संक्रमण देखिएकाले पुनः त्यस्तो संक्रमण हुन नदिन चिकित्सकहरुले निकै सावधानी अप्नाइरहेका छन् । संक्रमणबाट प्रधानमन्त्रीलाई कसरी जोगाउने भन्ने विषयमा परामर्श गर्नकै लागि प्रत्यारोपण पूर्व डा. अनन्त कुमारसँगै संक्रामक रोग विशेषज्ञलाई पनि नेपाल बोलाइएको थियो ।


प्रकाशित : फाल्गुन २९, २०७६ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?