कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पत्रकार साहको हत्याका अभियुक्त थुनामा

कान्तिपुर संवाददाता

बारा — बारा जिल्ला अदालतले पत्रकार वीरेन्द्रकुमार साहको हत्याका मुख्य अभियुक्त कुन्दन भनिने नरेन्द्र फौजदारलाई मुद्दाको थप पुष्टिका लागि बिहीबार थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश खिलनाथ रेग्मीको इजलासले बिहीबार फौजदारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

पत्रकार साहको हत्याका अभियुक्त थुनामा

प्रहरीले फौजदारलाई घटनाको १२ वर्षपछि गत आइतबार घरबाटै पक्राउ गरेको थियो । बारागढी गाउँपालिका–६ गडहल गाउँका ५१ वर्षीय फौजदार राजनीतिक संरक्षणमा लुकिछिपी बस्दै आएका थिए । तत्कालीन नेकपा माओवादीका जिल्ला नेता र कार्यकर्ताको समूहले रिपोर्टिङमा रहेका एभिन्युज टेलिभिजनका संवाददाता साहलाई २०६४ असोज १८ मा पिपरा बजारबाट मोटरसाइकलमा अपहरण गरी गोली हानेर हत्या गरेको थियो ।


जिल्ला अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार विपक्षीको साक्षीको बकपत्र बुझ्‍न बाँकी रहेकाले तत्कालका लागि थुनामा पठाउने आदेश भएको बताए । हत्याका पाँच अभियुक्तमध्ये फौजदार मुख्य हुन् ।


फौजदारमाथि डाँका र लागूऔषधसम्बन्धी मुद्दा पनि छन् । हत्याको योजनाकार लालबहादुर चौधरी र हरेराम पटेल अझै फरार छन् । फौजदार, चौधरी र पटेल तत्कालीन माओवादीका जिल्ला सचिवालय सदस्य थिए । अर्का अभियुक्त मैनेजर गिरी ११ वर्ष जेल जीवन बिताएपछि राष्ट्रपतिबाट सजाय मिनाहामा परी छुटिसकेका छन् । अर्का अभियुक्त रामएकवाल सहनी जेलमै छन् । जिल्ला अदालतले २०६८ जेठ १६ मा गिरी र सहनीलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

प्रकाशित : फाल्गुन २९, २०७६ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?