कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

प्रदेश १ सरकारले श्रीलंका टापु र टाँडीमा क्वारेन्टाइन बनाउने

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ सरकारले कोभिड १९ को संक्रमणको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योजनाबद्ध तयारी थालेको छ । सरकारले सुनसरीको श्रीलंका टापु र मोरङको टाँडीस्थित सैनिक ब्यारेक क्षेत्रमा क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ ।

प्रदेश १ सरकारले श्रीलंका टापु र टाँडीमा क्वारेन्टाइन बनाउने

प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले एकीकृत कार्ययोजना पारित गरी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मुख्यमन्त्री शेरधन राईले बताए ।


‘कार्ययोजनामा सही सूचना सम्प्रेषणदेखि संक्रमितहरूको गोपनीयता राख्नेसम्मको योजना छ,’ उनले भने, ‘२३ बुँदे एकीकृत कार्ययोजना तत्काल कार्यान्वयन गर्दै कोभिड–१९ को संक्रमण फैलिन नदिन, फैलिहाले रोकथाम तथा उपचार र पुनःस्थापना गर्ने गरी काम अघि बढाएका छौं ।’


कार्ययोजनामा व्यक्तिगत सरसफाइबारे सचेतना फैलाउने, अन्तर्राष्ट्रिय र प्रदेश नाकाका साथै भद्रपुर, विराटनगर र लुक्ला विमानस्थलमा स्क्रिनिङ डेस्क स्थापना गर्ने, आवश्यक जनशक्ति, व्यक्तिगत सुरक्षात्मकलगायतका उपकरणको प्रबन्ध गर्ने उल्लेख छ । शंकास्पद व्यक्तिलाई उक्त डेस्कबाट क्वारेन्टाइन वा आइसोलेसन वार्डसम्म पु‍र्‍याउन मेडिकल टोलीसहित २० वटा एम्बुलेन्सको व्यवस्था गरिएको कार्ययोजनामा उल्लेख छ ।


प्रत्येक नाकामा ९ र विमानस्थलमा ६ जनाका दरले स्वास्थ्यकर्मी परिचालन गर्ने, पर्याप्त औषधि, औजार र उपकरणको मापदण्ड बमोजिम स्टक, भण्डारण र ढुवानीको व्यवस्था गर्ने तथा नागरिकमा सचेतना अभिवृद्धि गरिने सरकारले जनाएको छ ।

त्यसैगरी, स्वास्थ्य तथा शिक्षण संस्था, सरकारी तथा निजी कार्यालय, उद्योगलगायत क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारणको जमघटलाई निरुत्साहित गराइने योजनामा उल्लेख छ ।

प्रकाशित : फाल्गुन २९, २०७६ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?