३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले बताएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य

मृगौला प्रत्यारोपण गरिएको ९ औं दिन पनि ओलीको नियमित स्वास्थ्य परीक्षणलाई निरन्तरता दिएको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले परीक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुक रहेको बताए। प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु पनि राम्रो अवस्थामा रहेको उनले बताए । गत हप्ताको बिहीबार मृगौलाको प्रत्यारोपण गराएका ओलीले नियमित आहार लिइरहेका छन् ।


ओलीलाई मृगौला दिने समीक्षा संग्रौलालाई डिस्चार्ज गरिएपनि ओलीलाई कहिले डिस्चार्ज गर्ने भन्ने विषयमा अस्पतालले केही बताएको छैन ।

बालुवाटारमा नयाँ ‘सेटअप’


प्रधानमन्त्री ओलीलाई अहिलेसम्म २ जनाबाहेक अरुलाई भेट्न समेत दिइएको छैन । मृगौला दिने संग्रौला र प्रधानमन्त्री पत्नी राधिका शाक्य बाहेक अरुलाई भेट्न नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रकाशित : फाल्गुन २९, २०७६ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?