२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

सुनील थापा समूहद्वारा राप्रपा एकीकरण घोषणा बहिस्कार

'राजतन्त्र फर्काउने विषयमा असहमत'
मधुसुधन भट्टराई

काठमाडौँ — बुधबार राजधानीमा भएको राप्रपा एकीकरण घोषणा सभा पार्टीका नेता सुनील थापाले बहिस्कार छन्। पूर्वमन्त्री थापा राप्रपा संस्थापक एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्।

सुनील थापा समूहद्वारा राप्रपा एकीकरण घोषणा बहिस्कार

घोषणासभामा आउन राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी तथा राप्रपा अध्यक्ष कमल थापाले पटक–पटक टेलिफोन गरे पनि थापा सभामा गएनन् । थापासँगै पहिला सूर्यबहादुर थापाको पक्षमा रहेका नेताहरु नवराज सुवेदी, पदमबहादुर बस्नेत, विष्णुविक्रम थापा, राम थापा, सुनिल पुत्र सिद्धार्थलगायत नेताहरु घोषणासभामा सहभागी भएनन् ।

थापानिकट स्रोतका अनुसार राणाले बिहान साढे ९ बजे मालीगाउँस्थित निवासमा पुगेर भेटेका थिए । ‘राणाजी घरमा भेट्‍न आउनु भएको थियो । थापा र लोहनीजीले पटक–पटक टेलिफोन गर्नुभयो,’ थापा निकट स्रोतले भन्यो, ‘उहाँ आफैंले हस्ताक्षर गरेर ल्याएको संविधान विपरितको सिद्धान्त राख्‍ने पार्टीमा सहभागी हुन सक्दिनँ भन्नुभयो ।’

एकीकृत पार्टीसँग तीन विषयमा असहमति जनाउँदै थापा घोषणामा नगएका हुन्। एकीकृत पार्टीको मूल सिद्धान्त संवैधानिक राजतन्त्र हुने सहमति गरिएको छ । थापा यसमा असहमत छन् । उनले आफू प्रत्यक्षरुपमा सहभागी संविधानसभाले जारी गरेको संविधानविपरित भएकाले नजाने राणा, लोहनी र कमल थापालाई बताएका हुन् ।

उनले नेताहरुसँग संविधानविपरितका कुनै पनि पार्टी र फोरमहरुमा आफू सहभागी नहुने स्पष्ट रुपमा बताएका स्रोतले बतायो । जनतामा आइसकेको सार्वभौमसत्ता खोसेर राजालाई सुम्पने कार्यमा आफू सहभागी हुने नसक्ने पनि उनले नेताहरुलाई बताएका छन् ।

सुनील दोस्रो संविधानसभामा धनकुटाबाट प्रत्यक्ष निर्वाचित भएर सुशील कोइराला नेतृत्वको सरकारमा मन्त्रीसमेत भएका थिए । उनी मन्त्री भएका बेला संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

सुनीलले राप्रपा प्रजातान्त्रिक हुँदा र लोहनीको एकीकृत राप्रपा राष्ट्रवादीसँग एकीकरण भएपछि बनेको राप्रपा संयुक्तमा पनि राजतन्त्र र राजा राख्ने विषयमा फरक मत राख्दै आएका थिए । उनले सार्वभौमसत्ता जनताको नाममा पुगिसकेपछि पुनः फर्काउने कार्यमा आफू लाग्न नसक्‍ने बताउँदै आएका छन् ।

प्रकाशित : फाल्गुन २८, २०७६ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?