अध्यक्ष दाहालद्वारा बम प्रहारको निन्दा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्यक्ष दाहालद्वारा बम प्रहारको निन्दा

रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा बुधबार बिहान गरिएको प्रेसर कुकर बम प्रहारको घटनाको निन्दा गरेका छन् ।

अध्यक्ष दाहालले बुधबार विज्ञप्ति जारी गरी मध्यपुर नगरपालिका वडा नं १ लोकन्थली भक्तपुरस्थित निजी निवासमा आतङ्ककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्‍याएको उल्लेख गरेका छन् ।


'म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भर्र्‍सना गर्दछु, घटनामा संलग्न अपराधीलाई नियन्त्रणमा लिन र कडा कानुनी कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु', विज्ञप्तिमा भनिएको छ ।


यो पनि




प्रकाशित : फाल्गुन २८, २०७६ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्

सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने 

माधव अर्याल

पाल्पा — घुम्ती कटान गरेर सडक स्तरोन्‍नति गर्न सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द गरिने भएको छ । चैत १ गतेदेखि १२ गतेसम्म दैनिक सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको हो । तानसेन–बुटवल सडकखण्डको घुम्ती कटान गरिन लागेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने कामलाई अघि बढाएको हो । राजमार्ग पुनःस्थापना तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत घुम्ती काट्‍न लागिएको हो । जोखिमपूर्ण घुम्ती व्यवस्थापन गर्नका लागि समय तोकेर सडक बन्द गर्न लागिएको कार्यालयले जनाएको छ ।

निर्माण व्यवसायीको अनुरोधमा जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले घुम्ती बढाउने काम सहज बनाउन सडक बन्द गरेर काम गर्न लागेको हो । यात्रुलाई समस्या नपर्ने गरी काम गर्ने र सडक खुल्ने समय तोकेको डिभिजन सडक कार्यालयका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए । सडक सुधारको कामका बेला आम सर्वसाधारणलाई असहज नहोस् भनी तालिकाअनुसार सूचना सार्वजनिक गरि निर्माण कार्य गर्न लागिएको उनले बताए ।

बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुनेछ । तोकिएको समय बाहेक अन्य समयमा भने सवारी साधन यथावत रुपमा चल्न दिने जिल्ला ट्राफिक प्रहरी प्रमुख पृथ्वी काफ्लेले बताए । उनका अनुसार यसअघि कालीमाटीको घुम्ती कटान गर्दा सर्वसाधारण यात्रुको गुनासो आएकाले अहिले समय तोकेर नै सडक स्तरोन्नति गर्न लागेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

प्रकाशित : फाल्गुन २८, २०७६ १२:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×