पूर्वमन्‍त्री बाँस्कोटाको घरमा विस्फोट गराएको आशंकामा एक पक्राउ, बयान लिइँदै- समाचार - कान्तिपुर समाचार

पूर्वमन्‍त्री बाँस्कोटाको घरमा विस्फोट गराएको आशंकामा एक पक्राउ, बयान लिइँदै

मातृका दाहाल

काठमाडौँ — पूर्वमन्त्री एवं नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाको भक्तपुर लोकन्थलीमा रहेको घर बाहिर बिस्फोट गराएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बाँस्कोटाको घरमा कुकर बम विस्फोट गराएको आशंकामा मनोहरा सुकुम्बासी बस्तीबाट अन्दाजी ५० वर्षका देव गुरुङलाई महानगरीय प्रहरी वृत्त ठिमीको टोलीले पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार गुरुङमाथि प्रारम्भिक बयान लिने काम भइरहेको छ ।


बुधबार बिहान ७ बजेर ४० मिनेट जाँदा बाँस्कोटाको घर नजिक बम विस्फोट भएको थियो । विस्फोट गराउन प्रयोग गरिएको रिमोट घटनास्थलबाट करिब १० मिटरको दूरीमा भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै घटनास्थलमा चन्द समूहले बाँस्कोटाको घरमा विस्फोट गराएको स्वीकारोक्तिसहितको पर्चा भेटिएको प्रहरीले जानकारी दिएको छ ।


विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा पनि सामान्य क्षति पुगेको छ। साथै बाँस्कोटाको घर अगाडि रहेको एउटा भ्यानमा पनि विस्फोटबाट क्षति पुगेको छ। लोकन्थलीमा बाँस्कोटाको निर्माणाधीन घरमा बम विस्फोट भएको हो ।


सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए।

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

बाँस्कोटाको घरमा बम विस्फोट, चन्द समूहको पर्चा भेटियो [अपडेट]

प्रकाशित : फाल्गुन २८, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्

दलित भन्दै डेरा छाड्न दबाब दिने दम्पती पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — दलित भन्दै डेरा छाड्‍न दबाब दिने दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दलित भएको थाहा पाएपछि डेरा छाड्‍न निरन्तर दबाब दिने श्रीकृष्ण बिडारी र उनकी श्रीमती राधिका बिडारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुले राधिकालाई सोमबार पक्राउ गरेको थियो । श्रीकृष्णलाई भने मंगलबार बेलुका वृत्तमा आएका बेला नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होवीन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका उनीहरुविरुद्ध छुवाछुतविरुद्धको कसुरमा अनुसन्धान भइरहेको डीएसपी बोगटीले जानकारी दिए ।

काठमाडौंको नेपालटारमा घर भएका बिडारी दम्पतीले आफ्नो घरमा बस्ने चार जना विद्यार्थीलाई बिडारी डेरा छाड्‍न दबाब दिएका थिए । गृह मन्त्रालयका शाखा अधिकृत रहेका श्रीकृष्ण बिडारी अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन् ।


प्रकाशित : फाल्गुन २८, २०७६ ११:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×