२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

मातृका दाहाल

काठमाडौं — भक्तपुरको लोकन्थलीस्थित पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको छ । घरको पूर्वतर्फको पर्खालमा राखिएको बम विस्फोट हुँदा गेटमा क्षति पुग्नुका साथै झ्यालको सिसा पनि फुटेका छन् ।

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा पनि सामान्य क्षति पुगेको छ । साथै बाँस्कोटाको घर अगाडि रहेको एउटा भ्यानमा पनि विस्फोटबाट क्षति पुगेको छ । लोकन्थलीमा बाँस्कोटाको निर्माणाधीन घरमा बम विस्फोट भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली घटनास्थलमा पुगिसकेको छ । घटनाबारे अनुसन्धान भइरहेकाले ठिमी वृत्तका डीएसपी शान्तिराज कोइरालाले अहिले केही नबोल्ने बताए । घटना कसले गरायो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

घटना प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले गराएको आशंका गरिएको छ । आज चन्द समूहलाई प्रतिबन्ध लगाएको एक वर्ष पुगेको छ । २०७५ फागुन २८ गते सरकारले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउँदै पक्राउ र खोजी कार्य जारी राखेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए ।

तस्बिरहरु : अंगद ढकाल/कान्तिपुर

प्रकाशित : फाल्गुन २८, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?