राप्रपा र राप्रपा (संयुक्त)बीच एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (संयुक्त) बीच एकीकरण गर्ने सहमति भएको छ । राप्रपाका अध्यक्ष कमल थापा तथा राप्रपा (संयुक्त) का अध्यक्षद्वय पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी महाधिवेशन नभएसम्म एकीकृत पार्टीको अध्यक्ष रहने गरी एकताको सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको हो । महाधिवेशन डेढ वर्षभित्र गर्ने समझदारी बनेको छ ।

राप्रपा र राप्रपा (संयुक्त)बीच एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर

एकीकरणसम्बन्धी १० बुँदे आधारपत्रमा तीनै अध्यक्षले हस्ताक्षर गरेका छन् । एकीकृत पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ रहनेछ । झन्डा साबिक राप्रपाकै हुनेछ । चुनावचिह्न ६ महिनाभित्र उपयुक्त निकायबाट टुंगो लगाउने जनाइएको छ । पार्टीको वैचारिक आदर्श राष्ट्रियता, प्रजातन्त्र र उदारवाद हुने भनिएको छ ।

यही २८ गते बुधबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच पार्टी एकीकरणको औपचारिक घोषणा हुने राप्रपा (संयुक्त) का प्रवक्ता किरण गिरीले जानकारी दिए ।


एकीकृत पार्टीमा तीनै जना अध्यक्षको हैसियत र मर्यादाक्रम समान हुने आधारपत्रमा उल्लेख छ । केन्द्रीय कार्यसमितिमा तीन अध्यक्षको सम्झौता र सहमतिअनुसार संख्या निर्धारण हुनेछ । निर्देशन समिति, केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता आलोपालो गर्ने सहमति छ । यससम्बन्धी व्यवस्थापन सचिवालयले गर्नेछ ।

राप्रपा केही प्रावधानप्रति असहमति कायम राखेर संविधानसँग सहकार्य गर्दै कार्यान्वयनमा प्रतिबद्ध रहने भएको छ । एकीकृत पार्टीको मुख्य नीति ‘सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र’ रहने जनाइएको छ ।


सहमति पत्र

प्रकाशित : फाल्गुन २५, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?