कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै चिनियाँ राष्ट्रपति सीले पठाए सन्देश

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनका राष्ट्रपति सी चिनफिङले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । बुधबार मिर्गौला प्रत्यारोपण गराएर स्वास्थ्यलाभ गरिरहेका ओलीलाई एक सन्देश पठाउँदै चिनफिङले व्यक्तिगत र चिनियाँ जनताको तर्फबाट स्वास्थ्यलाभको कामना गरेका हुन् । 

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै चिनियाँ राष्ट्रपति सीले पठाए सन्देश

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार चिनफिङले शनिबार उक्त सन्देश पठाएका हुन् ।


नेकपाका अध्यक्षसेत रहेका प्रधानमन्त्री ओलीसँग दुई देश र दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्ध सुमधुर बनाउन चाहेको चिनफिङको सन्देशमा लेखिएको छ । चिनफिङले सन्देशमा लेखेका छन्, 'दुई देश र दुई पार्टीबीचको सम्बन्ध सुमधुर बनाएर अगाडि बढाउनका लागि तपाईंसँग सहकार्य गर्न इच्छुक छु । विविध क्षेत्रमा द्विपक्षीय सहकार्य अझै गाढा बनाएर दुवै मुलुकका जनताको फाइदाका लागि काम गर्न इच्छुक छु ।'


बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको थापाले जानकारी दिएका छन् ।

प्रकाशित : फाल्गुन २४, २०७६ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?