१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

यौन दुराचार गर्ने अस्ट्रेलियन ‘धर्मगुरु’लाई ५ दिन थुनामा राख्न अनुमति

कान्तिपुर संवाददाता

काठमाडौँ — १५ वर्षीय किशोरमाथी यौन दुराचार गरेको अभियोगमा पक्राउ परेका बाैद्ध (आरुबारी)स्थित कदम्बा गुम्बाका सञ्चालक अष्ट्रेलियन नागरिक गोन्दुक रिम्पोछेलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । महानगरीय प्रहरी वृत्त बाैद्धको हिरासतमा रहेका रिम्पोछेलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अभियोगमाथी अनुसन्धान गर्न ५ दिनको म्याद दिएको हो ।

यौन दुराचार गर्ने अस्ट्रेलियन ‘धर्मगुरु’लाई ५ दिन थुनामा राख्न अनुमति

३ वर्ष अघिदेखि गुम्बा सञ्चालक रहेका योउ की युइन बाैद्ध धर्मगुरुका रुपमा गोन्दुक रिम्पोछेबाट चिनिएका थिए । अष्ट्रेलिया मेलबर्न घर भएका उनी गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित कदम्बा बुद्धिस्ट प्रतिष्ठानका प्रमुख हुन् ।

यौन दुराचारको आरोपमा अस्ट्रेलियन ‘धर्मगुरु’ पक्राउ

यौन दुराचार पीडित किशोरलाई आरोपितले नै संखुवासभाबाट शिक्षादीक्षाका लागि काठमाडौं ल्याएका थिए । उनले पछिल्लो २० दिन यता किशोरमाथी यौन शोषणा गर्दै आएको पनि खुलेको छ । बारम्बार पीडित बनाएपछि किशोर चिनजानका मानिस मार्फत बुधबार प्रहरीमा पुगेका थिए ।

प्रकाशित : फाल्गुन २३, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?