२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो, समीक्षाको स्वास्थ्यमा पनि सुधार

कान्तिपुर संवाददाता

काठमाडौँ —  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत रुपमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई शुक्रबारदेखि हिँडडुल गराउन थालिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमसिंह खड्गाले जानकारी दिए ।

प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो, समीक्षाको स्वास्थ्यमा पनि सुधार

साथै प्रधानमन्त्रीओलीलाई ठोस आहार दिन थालिएको पनि कार्यकारी निर्देशक खड्‍गाले जानकारी दिए ।प्रधानमन्त्रीओलीका सबै भाइटलतथा ल्याबसूचक सामान्य अवस्थामा रहेको पनि अस्पतालले जनाएको छ ।

प्रधानमन्बीओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि क्रमिकसुधार भइरहेको डाक्टर खड्‍गाले जानकारी दिए । समीक्षलाई पनि ठोस आहार दिन थालिएकोउनले बताए ।

ओलीकोमिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौलाप्रत्यारोपण विभागका प्रा. डा. उत्तम शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा.मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारलगायत संलग्न रहेका थिए।

प्रधानमन्त्री ओलीलेयसअघि २०६४ साल साउनमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए।


प्रकाशित : फाल्गुन २३, २०७६ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?