कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

संसद्‍मा थापाको प्रश्‍न- ‘इरानमा जस्तै एक्कासी धेरै व्यक्तिमा कोरोना संक्रमण देखिए के गर्ने ?’

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सांसद गगन थापाले नेपालमा कोरोना भाइरस संक्रमण अहिलेसम्म देखिएको छैन भनेर ढुक्क हुने अवस्था नरहेको बताएका छन् । प्रतिनिधिसभामा शुक्रबार जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्नेक्रममा सांसद थापाले कोरोना संक्रमण फैलिए बच्‍नका लागि तयारी गरिराख्नु पर्नेमा जोड दिएका हुन् ।

संसद्‍मा थापाको प्रश्‍न- ‘इरानमा जस्तै एक्कासी धेरै व्यक्तिमा कोरोना संक्रमण देखिए के गर्ने ?’

‘अहिलेसम्म मुलुकमा संक्रमण देखिएको छैन, हामी ढुक्क भएका छौं,’ थापाले भने, ‘यस्तै ढुक्क भएर बसिरहँदा इरानमा जस्तै एक्कासी धेरै व्यक्तिमा संक्रमण देखियो भने के गर्ने ? यसबारेमा सरकारले सोचेको खै ?’


विश्‍व स्वास्थ्य संगठनले नेपाललाई भू-अवस्थितिले मात्रै जोखिममा नराखेको भन्दै, नेपालसँग भएको क्षमताका आधारमा पनि जोखिममा राखेको बताए । तसर्थ मेहनत गरेमा पूर्ण रुपमा नियन्त्रण गर्न नसकेपछि नियन्त्रणमा राख्न सकिने थापाले बताए । सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यससँग जुध्न एकीकृत कार्ययोजना बनाउनु पर्ने र आवश्यक स्रोतको व्यवस्थापन गर्नु पर्ने थापाले बताए । यो समितिलाई सहयोग गर्नका लागि प्रतिनिधिसभाले पनि समिति बनाउनु पर्ने माग थापाको छ ।


कोरोनासँग जुध्ने योजना बनाउने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मात्रै नभई सरकार र आमनागरिक सबैको भएको थापाले बताए ।


बाहिरबाट नेपाल आउने नागरिकको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाउने र त्यसका आधारमा जाँच गराउने व्यवस्था मिलाउन पनि माग गरे । उच्च जोखिम भएका मुलुकका नागरिकलाई 'अनअराइभल' भिसा रद्द गर्न पनि थापाले माग गरे ।


प्रकाशित : फाल्गुन २३, २०७६ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?