२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

यौन दुराचारको आरोपमा अस्ट्रेलियन ‘धर्मगुरु’ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — बाल यौन दुराचार अभियोगमा प्रहरीले बौद्ध (आरुबारी)स्थित कदम्बा गुम्बाका सञ्चालक अस्ट्रेलियन नागरिक ५८ वर्षीय गोन्दुक रिम्पोछेलाई पक्राउ गरेको छ । 

यौन दुराचारको आरोपमा अस्ट्रेलियन ‘धर्मगुरु’ पक्राउ

अस्ट्रेलिया मेलवर्न घर भई गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित कदम्बा बुद्धिष्ट प्रतिष्ठानका प्रमुखसमेत रहेका रिम्पोछेलाई महानगरीय प्रहरी वृत्त बौद्धले बिहीबार पक्राउ गरेको हो । बौद्ध वृत्तका डीएसपी रमेश सिंहका अनुसार रिम्पोछे स्वयंले पढाउन ल्याएका १५ वर्षीय किशोरमाथि यौन दुराचार गरेको आरोप छ ।


पीडित किशोरले प्रहरीलाई दिएको बयानमा आफूलाई १५/२० दिन देखि गुम्बामै रिम्पोछेले मुख मैथुन गराउन लगाएको उल्लेख छ । पछिल्लो पटक रिम्पोछेले फागुन १८ गते किशोरमाथि यौन शोषण गरेका थिए ।

संखुवासभाबाट पढाउनकै लागि रिम्पोछेले आफ्ना ‘अनुयायी’ तथा चिनजानका मानिस मार्फत् पढाउन ल्याएका थिए । ‘१५/२० दिन देखि रिम्पोछेले ती किशोरमाथि यौन दुराचार गरेको उजुरी परेको थियो,’ डीएसपी सिंहले भने, ‘बुधबार औपचारिक रुपमा उजुरी दर्ता भयो, बिहीबार पक्राउ गरी रिम्पोछेलाई हिरासतमा लिएका छौं ।’

प्रकाशित : फाल्गुन २२, २०७६ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?