कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, आजदेखि तरल र नरम ठोस पदार्थ खान दिइयोः चिकित्सक

स्वरूप आचार्य

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बिहीबार दिउँसो ४ बजे अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा उनको अवस्था सामान्य रहेको जानकारी दिइएको हो । 

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, आजदेखि तरल र नरम ठोस पदार्थ खान दिइयोः चिकित्सक

बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई तरल र नरम ठोस पदार्थ पनि खान दिइएको अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्‌गाले बताए । डा. खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका सम्पूर्ण रिपोर्टहरु सामान्य रहेको बताए । यस्तै प्रत्यारोपित मिर्गौलाले काम गरिरहेको पनि उनले जानकारी दिए ।


प्रधानमन्त्री ओलीको साढे चार घण्टा लामो शल्यक्रियामा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल सहभागी थिए। भारतका मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक प्रा.डा. अनन्त कुमार पनि टोलीमा सामेल थिए। मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्‍त्री ओली सोमबार नै अस्पताल भर्ना भएका थिए। ओलीलाई भान्जीले मिर्गौला दान गरेकी हुन् ।


पछिल्लो पटक मिर्गौलाको समस्या आएयता करिब आठ महिनादेखि प्रधानमन्त्री ओली विभिन्न परीक्षणसँगै उपचार प्रक्रियामा थिए । करिब तीन महिनाअघि उनको प्रत्यारोपण गर्ने तयारी भइरहँदा एक्कासि एपेन्डिसाइटिसको संक्रमण देखिएपछि प्रक्रिया स्थगित गरिएको थियो । त्यसताका एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

यो पनि पढ्नुहोस्ः

मिर्गौला रोगीको कामना- ‘गेट वेल सून पीएम ओली’

प्रा.डा. प्रेम ज्ञवालीसँगकाे विशेष अन्तर्वार्ता : ‘दाताबाट झिकिएको मिर्गौला जोड्न ३९ मिनेट लाग्यो’

प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थाल्यो : चिकित्सक

प्रकाशित : फाल्गुन २२, २०७६ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?