प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थाल्यो : चिकित्सक

स्वरूप आचार्य

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको चिकित्सकले जानकारी दिएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्‍गाले बुधबार प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थाल्यो : चिकित्सक

खड्‍गाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । 'उहाँको सबै मुख्य सूचकांकहरू राम्रो अवस्थामा रहेका छन् । प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको छ । र, उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने छ,' उनले भने ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको खड्‍गाले बताए ।

प्रकाशित : फाल्गुन २१, २०७६ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?