१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सकियो, आईसीयूमा सारियो

स्वरूप आचार्य, अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सकिएको छ। प्रधानमन्त्रीलाई कलेजो प्रत्यारोपण युनिटको आईसीयूमा राखिएको डा.अरुण सायमीले बताए । त्यहाँ प्रधानमन्त्रीलाई ७ दिनसम्म चिकित्सकहरुको निगरानीमा राखिने उनले जानकारी दिए ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सकियो, आईसीयूमा सारियो

प्रधानमन्त्री ओलीको अपरेसन बुधबार बिहान १० बजेदेखि सुरु भएको थियो ।

'दाताबाट मिर्गौला झिकेर प्रधानमन्त्रीको शरीरमा जोड्ने काम लगभग सकिएको छ,' यसअघि त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्गाले बताएका थिए ।

प्रधानमन्त्रीको शरीरमा मिर्गौला जोडिसकेपछि सो मिर्गौलाले काम गरे/नगरे हेर्न'अनटेबल टेस्ट' गरिएको र त्यसको नतिजा सकारात्मक रहेको बताइएको छ ।

एक प्रत्यारोपण विज्ञका अनुसार शरीरमा दाताको मिर्गौला जोडिसकेपछि त्यसबाट पिसाब बाहिर निस्किए त्यसलाई प्रत्यारोपण सफल भएको रुपमा लिने गरिन्छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका थिए । प्रत्यारोपण पूर्व मंगलबार डायलसिसगरिएको थियो भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन इम्युनो सप्रेसेन्टऔषधि चलाइएको थियो।

शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको थियो। यसअघि मुटुलगायतका परीक्षण भइसकेका उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताएका थिए।

ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा. डा. उत्तम शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारलगायत संलग्न रहेका थिए।

प्रधानमन्त्री ओलीले यसअघि २०६४ साल साउनमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए ।

प्रकाशित : फाल्गुन २१, २०७६ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?