कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण 'लगभग सकियो'

अतुल मिश्र, स्वरूप आचार्य

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण अन्तिम चरणमा पुगेको छ । बुधबार बिहान १० बजेदेखि सुरु भएको प्रत्यारोपणको काम लगभग सकिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्‌गाले कान्तिपुरलाई बताए ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण 'लगभग सकियो'

'दाताबाट मिर्गौला झिकेर प्रधानमन्त्रीको शरीरमा जोड्ने काम लगभग सकिएको छ,' निर्देशक खड्‍गाले भने । स्रोतका अनुसार प्रधानमन्त्रीको शरीरमा मिर्गौला जोडिसकेपछि सो मिर्गौलाले काम गरे/नगरे हेर्न 'अनटेबल टेस्ट' गरिएको र त्यसको नतिजा सकारात्मक रहेको स्रोतले दाबी गरेको छ ।

एक प्रत्यारोपण विज्ञका अनुसार शरीरमा दाताको मिर्गौला जोडिसकेपछि त्यसबाट पिसाब बाहिर निस्किए त्यसलाई प्रत्यारोपण सफल भएको रुपमा लिने गरिन्छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका थिए । प्रत्यारोपणपूर्व मंगलबार ‘डायलसिस’ गरिएको थियो भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको थियो ।

शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको थियो । यसअघि मुटुलगायतका परीक्षण भइसकेका उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताएका थिए ।

ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा. डा. उत्तम शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारलगायत संलग्न रहेका थिए ।

प्रकाशित : फाल्गुन २१, २०७६ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?