कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षमा लगियो

स्वरूप आचार्य, अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार मिर्गौला प्रत्यारोपण गर्नका लागि शल्यक्रिया कक्षमा लगिएको छ । उनको शल्यक्रिया अवधी करिब ५ घण्टाको रहने छ ।

प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षमा लगियो

प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले उनलाई १० बजेपछि शल्यक्रिया कक्षमा लगिएको जानकारी दिएका छन् । यस्तै त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गाले पनि प्रधानमन्त्रीलाई १० बजे शल्यक्रियाका लागि लगिएको पुष्टि गरेका छन् ।


यो पनि पढ्नुहोस् : विभिन्‍न देशका समकक्षीले पठाए शुभकामना सन्देश


प्रधानमन्त्री ओली प्रत्यारोपण पूर्व मंगलबार ‘डायलसिस’ गरिएको थियो भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको थियो । शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको थियो । यसअघि मुटुलगायतका परीक्षण भइसकेका उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताएका थिए ।


ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारसमेत हुनेछन् ।


सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालबाट गत भदौमा सात पटक प्लाज्मा फेरेसिस गराएर फर्केपछि समेत मिर्गौलाले राम्ररी काम नगर्दा प्रधानमन्त्री ओली नियमित डायलसिसमा थिए ।

प्रकाशित : फाल्गुन २१, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?