कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रधानमन्त्रीको प्रत्यारोपण : विभिन्‍न देशका समकक्षीले पठाए शुभकामना सन्देश

उपप्रधानमन्त्री लगायत नेकपा महासचिवद्वारा अस्पतालमा भेट
स्वरूप आचार्य

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रोपटक मिर्गौलाको प्रत्यारोपण महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिँदै छ । प्रधानमन्त्री ओलीको प्रत्यारोपणको सफलताको कमना गर्दै विभिन्न देशका समकक्षीहरुले उनलाई लिखित शुभकामना सन्देश पठाएका छन् ।

प्रधानमन्त्रीको प्रत्यारोपण : विभिन्‍न देशका समकक्षीले पठाए शुभकामना सन्देश

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भारत, जापान, पाकिस्तान, भुटानका प्रधानमन्त्रीहरुले नेपालमा रहेका आफ्ना राजदूतहरुमार्फत शुभकामना सन्देश प्रधानमन्त्रीलाई दिएका हुन् ।

यो पनि पढ्नुहोस् : प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आज


यस्तै बुधबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत अन्य मन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेलले पनि प्रधानमन्त्रीलाई भेटेर प्रत्यारोपणका लागि शुभकामना दिएका छन् । सल्लाहकार थापाका अनुसार नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार साँझ ओलीलाई भेटेर शुभकामना दिएका थिए ।


थापाका अनुसार प्रधानमन्त्रीलाई अहिले शल्यक्रिया कक्षमा लैजाने तयारी भइरहेको छ । उनलाई नातामा 'भान्जी' पर्ने एक महिलाले मिर्गौला दिँदै छिन् ।

प्रकाशित : फाल्गुन २१, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?