१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

मिर्गौला प्रत्यारोपण लागि प्रधानमन्त्रीलाई आवश्यक औषधि दिन थालियाे

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपका लागि आवश्यक औषधि दिन सुरु गरिएको बताएको छ । मंगलबार दिउँसाे प्रेस विज्ञप्ति जारी गर्दै शिक्षण विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिएको समेत जानकारी दिइएको छ ।

मिर्गौला प्रत्यारोपण लागि प्रधानमन्त्रीलाई आवश्यक औषधि दिन थालियाे

अस्पतालले प्रत्यारोपण अगाडि गरिने नियमित डायलसिस तथा ल्याब परीक्षण गरिने क्रम जारी भएको विज्ञप्तिमार्फत जनाएको छ । साथै ओलीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहेको र विशेषज्ञहरु निरन्तर निगरानीमा रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले बताएका छन् ।


प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउन त्रिवि शिक्षण अस्पतालको ‘एनएक्स–२’ को क्याबिन ६०१ मा सोमबार साँझ भर्ना भएका हुन् । अस्पतालका निर्देशक डा. खड्काका अनुसार प्रधानमन्त्रीको प्रत्यारोपण र त्यसपछिको उपचार टोलीमा डा. प्रेम ज्ञवाली, डा. उत्तम शर्मा, डा. दिव्यासिंह शाह, डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. सुवास आचार्यलगायत छन् । डा. ज्ञवालीको नेतृत्वमा प्रत्यारोपण शल्यक्रिया हुन लागेको हो । अन्य विभिन्न विभागका विशेषज्ञ चिकित्सकलाई समेत प्रधानमन्त्रीको प्रत्यारोपणअन्तर्गत जुनसुकै बेला उपस्थित हुने गरी तम्तयार भएर बस्न भनिएको छ ।

ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने पूर्वनिर्धारित तालिकाअनुसार हाल अस्पतालले विभिन्न चिकित्सकीय प्रक्रिया अगाडि बढाइरहेको छ ।

प्रकाशित : फाल्गुन २०, २०७६ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?