कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एक वर्ष त राष्ट्रिय सभाका तौरतरिका सिक्नै लाग्यो : सांसद खतिवडा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभाका दुई वर्षमध्ये पहिलो वर्ष संसदीय व्यवस्था सिक्नमै बितेको सांसद धनकुमारी खतिवडाले अनुभव सुनाएकी छन् । कांग्रेसबाट निर्वाचित सांसद खतिवडाले राष्ट्रिय सभाको मंगलबारको बैठकमा भनिन्, 'एक वर्ष त हामीलाई यहाँका तौरतरिका सिक्नै लाग्यो ।'

एक वर्ष त राष्ट्रिय सभाका तौरतरिका सिक्नै लाग्यो : सांसद खतिवडा

राष्ट्रिय सभाका एक तिहाइ बाहिरिन लागेका सांसदमध्येकी खतिवडाले पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाले काम नै नपाउँदा खिन्नता लागेको पनि बताइन् । 'पहिलो र दोस्रो अधिवेशनमा बिजनेस नै पाएनौं । त्यसपछि एकदमै छोटो समयमा धेरै विधेयक पारित पनि भए । के संसदमा तलबभत्ता पचाउन मात्रै आएको हो र ? भन्ने पनि लाग्यो,' उनले भनिन् ।

जनप्रतिनिधिका पनि प्रतिनिधि भएकाले राष्ट्रिय सभाले आगामी दिनमा कानुन निर्माणमा अहम् भूमिका खेल्नुपर्ने खतिवडाको भनाइ थियो । राष्ट्रिय सभाको तेस्रो र चौथो कार्यकाल उपलब्धिमूलक रहेको उनको भनाइ थियो ।

राष्ट्रिय सभामा पक्ष र विपक्षमा हुनु नहुने उनले सुझाव दिइन् । विगतमा पक्ष र विपक्ष भएर विधेयक पारित भएको स्मरण गर्दै आगामी दिनमा प्रतिनिधिसभाबाट त्रुटिसहितका विधेयक आएमा राष्ट्रिय सभाले तिनलाई सच्याएर जानुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित समाचारः

प्रकाशित : फाल्गुन २०, २०७६ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?