कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘सगरमाथा संवाद’ स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण बढ्न थालेपछि नेपाल सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय रूपमा आयोजना गर्न लागेको कूटनीतिक छलफल ‘सगरमाथा संवाद’ स्थगित गरेको छ ।

‘सगरमाथा संवाद’ स्थगित

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथा संवाद स्थगित गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार सगरमाथा संवाद सचिवालयका पदाधिकारीसँग भेटवार्ता गर्दै यस विषयमा छलफल गरेका थिए ।

मन्त्रालयले चैत २० देखि २२ सम्म काठमाडौंमा आयोजना गर्न लागेको संवादमा करिब १ सय ५० विदेशीसहित २ सय ५० प्रतिनिधि सहभागी हुने बताइएको थियो ।

यस्तै मन्त्रपरिषद् बैठकले भ्रमण वर्ष २०२० पनि स्थगित गर्ने निर्णय गरेको छ । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई पनि फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रकाशित : फाल्गुन १८, २०७६ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?