कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रधानमन्त्रीले मन्त्रीहरूलाई भने- 'मानसिक र शारीरिक रूपमा तयार छु, एक हप्तामा ठीक हुन्छु '

जयसिंह महरा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली सोमबार मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना हुँदैछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनु एकदिन पहिले उनी व्यस्त रहे । 

प्रधानमन्त्रीले मन्त्रीहरूलाई भने- 'मानसिक र शारीरिक रूपमा तयार छु, एक हप्तामा ठीक हुन्छु '

बिहान नेकपा सचिवालय बैठकमा स्वास्थ्य लगायत समसामयिक विषयमा छलफल गरेका उनले साँझ मन्त्रिपरिषद् बैठक डाके । दुवै बैठकमा उनले आफूले मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी गराए ।


मन्त्रिपरिषद् बैठकमा आफ्‍नो स्वास्थ्यबारे मन्त्रीहरूलाई ओलीले जानकारी गराएका थिए । 'अहिले स्वास्थ्य ठीक छ । म मिर्गौला प्रत्यारोपण गरेर एकहप्तामा ठीक हुन्छु । म मानसिक र शारीरिक रूपमा सबै हिसाबले तयार छु,' प्रधानमन्त्री ओलीको भनाइ उल्लेख गर्दै एक मन्त्रीले भने ।


प्रधानमन्त्रीको आत्मबल बलियो देखिएको ती मन्त्रीले बताए ।

यो पनि पढ्नुहोस्ः

मन्त्रिपरिषद् बैठक : चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता बोलाइयो

प्रधानमन्‍त्रीको बुधबार मिर्गौला प्रत्यारोपण

प्रकाशित : फाल्गुन १८, २०७६ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?