कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रधानमन्‍त्रीको बुधबार मिर्गौला प्रत्यारोपण 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्‍त्री ओलीले उक्त जानकारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्‍त्रीको बुधबार मिर्गौला प्रत्यारोपण 

नेकपा अध्यक्ष रहेका ओलीको शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरिने छ । त्यसका लागि ओली सोमबार अस्पताल भर्ना हुनेछन् ।


ओलीले नियमित फलोअप त्रिवि शिक्षण अस्पतालमै गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीको १३ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उनको हातमा पनि संक्रमण भएको थियो । दिल्ली र थाइल्यान्डमा लामो उपचार गरेपछि निको भएका उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए ।

पछिल्लो समय भने प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न छोडेपछि उनको नियमित डायलासिस गर्न थालिएको थियो । शिक्षण अस्पतालमा उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने तय भएपनि प्रधानमन्त्रीलाई कसले मिर्गौला दिन लागेको हो भन्ने बारे केही खुलाइएको छैन ।

यो पनि :

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने नातेदारको परीक्षण हुँदै

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण फागुनमा !

प्रकाशित : फाल्गुन १८, २०७६ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?