२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

साझा पार्टीको महाधिवेशन ०७८ जेठमा

धर्मनिरपेक्षता र संघीयताका विषयमा जनमत संग्रह गर्न माग
कान्तिपुर संवाददाता

काठमाडौँ — साझा पार्टीको महाधिवेशन २०७८ जेठमा हुने भएको छ । लुम्बिनीमा तीन दिनसम्म चलेको पार्टीको राष्ट्रिय भेलाले २०७८ साल जेठ १५ देखि १७ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । 

साझा पार्टीको महाधिवेशन ०७८ जेठमा

शनिबार सम्पन्न भेलाले १४ बुँदे लुम्बिनी घोषणापत्र जारी गरेको छ । भेलाले पार्टीको एक वर्षको रणनीति र कार्यनीति पारित गरेको छ । त्यस्तै विवादित हुँदै गएको धर्म निरपेक्षता र संघियताका बारेमा जनमत संग्रहको पक्षमा उभिने निर्णयसमेत भेलाले गरेको छ ।

घोषणापत्रमा आगामी वर्ष संगठन विस्तार तथा सुदृढीकरण, वैचारिक तथा राजनीतिक दिशानिर्देश र प्रशिक्षणका लागि नीति तथा स्कुलिङ, भ्रष्टाचार विरोधी अभियान, समान विचार राख्ने व्यक्ति, समूह र राजनीतिक शक्तिहरुसँग सहकार्य, एकता र ध्रुविकरण तथा पार्टीलाई दरिलो बनाउन स्रोत व्यवस्थापनमा केन्द्रीत गर्ने उद्देश्य राखिएको उल्लेख छ ।

भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न २०४६ सालदेखि राजनीतिक र प्रशासनिक पदमा रहेका सबैको सम्पत्ति जाँचबुझ गरी अवैध सम्पत्ति सरकारीकरण गर्ने माग गरेको छ । दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न दबाब दिने निर्णय पनि भेलाले गरेको छ ।

बढ्दोरूपमा विवादित बन्दै गएको र दीर्घकालसम्म देशलाई असर गर्ने धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रहको पक्षमा उभिने निर्णय बैठकले गरेको छ ।

सरकारी कर्मचारीहरुलाई पार्टीको सुभेच्छुक संगठनको रुपमा बनेका युनियन खारेज गर्न माग गर्ने निर्णय गरेको छ । संघ र प्रदेश तहमा सांसदका नाममा छुट्ट्याइदै आएको बजेट खारेज गर्न र त्यसबाट बचेको अर्बौँ रकम गुणस्तरीय सार्वजनिक शिक्षाका लागि उपयोग गर्न दबाब दिर्ने निर्णय समेत साझा पार्टीको भेलाको छ ।

प्रकाशित : फाल्गुन १७, २०७६ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?