१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपाल भ्रमण वर्षको विदेशमा हुने प्रवर्द्धनात्मक कार्यक्रम स्थगित : मन्त्री भट्टराई

आनन्द गौतम

ताप्लेजुङ — संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले विदेशमा गरिने प्रवर्द्धनात्मक कार्यक्रम केही समय स्थगित गर्ने बताएका छन् । 

नेपाल भ्रमण वर्षको विदेशमा हुने प्रवर्द्धनात्मक कार्यक्रम स्थगित : मन्त्री भट्टराई

ताप्लेजुङमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले समय अनुकुल नहुँदासम्म विदेशमा हुने कार्यक्रम स्थगित गर्ने निर्णय भएको बताएका हुन् । ‘हामीले मन्त्रालयको तर्फबाट भनेका छौं, विदेशमा हुने नेपाल भ्रमण वर्षको कार्यक्रम केही समयका लागि स्थगित हुन्छन्,’ भट्टराईले भने, ‘जुन दिन समय अनुकूल हुन्छ, यो सन्त्रासबाट दुनियाँले मुक्ति पाउँछन्, त्यसपछि फेरि उच्च तयारीका साथ विदेशी बजारमा नेपालको प्रवर्द्धनात्मक कार्यक्रमलाई जोड्नेछौं, अगाडि बढाउने छौं ।’

अमेरिका, चीन जस्ता विश्वका ठूला बजार प्रभावित भएको अवस्थामा आफूहरु पनि गम्भीर बन्ने भट्टराईले बताए । नेपालीहरु पनि ठूलो संख्यामा भ्रमणमा निस्कने गरेकाले अब आफ्नै देश घुम्न जान प्रेरित गर्ने उनले बताए ।

कोरोना संक्रमित देशबाट निर्बाध नेपाल प्रवेश

भट्टराईले आन्तरिक पर्यटकको कार्ययोजना प्रस्तुत गर्ने पनि बताए । नेपालको पर्यटकीय क्षेत्र र होटल व्यवसाय चलायमान बनाउन आन्तरिक पर्यटकमा जोड दिने नीति लिने मन्त्रालयको तयारी रहेको मन्त्री भट्टराईले बताए ।

बर्लिनमा हुने अन्तर्राष्ट्रिय पर्यटन महोत्सव (आईटीबी-२०२०) कार्यक्रम पनि बन्द भएको छ । कोरोना भाइरसका कारण विश्‍व अर्थतन्त्र डामाडोल भइरहेको अवस्थामा नेपाली अर्थतन्त्र पनि प्रभावित भएको छ ।

विश्‍व स्वास्थ्य स‌ंगठनको चेतावनी : कुनै देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुनेछ

गएको फागुन ६ गते पर्यटन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न नदिन नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको सन्देश अन्तर्राष्ट्रय बजारमा प्रवर्द्धन गर्न सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएका थिए । मन्त्री भट्टराईले नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको सन्देशमूलक श्रव्यदृश्य प्रचार सामग्री अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा सम्प्रेषित गर्ने बताएका थिए ।

साथै मन्त्री भट्टराईले चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको बताउँदै सन्देशमूलक सामग्री चिनियाँ सञ्चारमाध्यममा सम्प्रेषण गर्ने बताएका थिए । विश्‍वका ५० भन्दा बढी मुलुकमा कोरोना भाइरस संक्रमण फैलिइसकेको छ । विश्‍व स्वास्थ्य संगठनले कुनै पनि देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुने चेतावनी दिएको छ । यस्तो अवस्थामा कोरोनामुक्त भनेर प्रचार गर्नु गलत भएको भन्दै पर्यटनमन्त्री भट्टराईको व्यापक आलोचना भएको थियो ।

प्रकाशित : फाल्गुन १७, २०७६ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?