१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मुख्यमन्त्री राईविरुद्ध अ‌ंश मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको दाबी गर्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी छिन् । खड्काले ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी जिल्ला अदालत काठमाडाैंमा अंश मुद्दा दायर गरेकी हुन् ।

मुख्यमन्त्री राईविरुद्ध अ‌ंश मुद्दा

खड्काले सञ्चारमन्त्री भएका बखत राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको उल्लेख गरेकी छन् ।

राईले आफूलाई यौन दुव्यवहार गर्दै घरेलु हिंसा गरेको आरोपसमेत मुद्दामा लगाएकी छन् । मुख्यमन्त्री राईले शारीरिक यातना दिएकोसमेत उनको मुद्दामा उल्लेख छ ।

राईविरूद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जानकारी दिएको छ ।

प्रकाशित : फाल्गुन १६, २०७६ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?