कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

यसकारण बढ्यो पेट्रोल र डिजेलमा ५ रुपैयाँ

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले पूर्वाधार विकास करको दर परिमार्जन गर्ने निर्णय गरेको छ । पूर्वाधार विकासको करको दर परिमार्जन गर्ने निर्णयसँगै डिजेल र पेट्रोलमा ५ रुपैयाँ बढाएको हो ।

यसकारण बढ्यो पेट्रोल र डिजेलमा ५ रुपैयाँ

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका प्रवक्ता अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको बताए । फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो ।

यसअघि सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार विकास कर लिँदै आएको थियो ।


सरकारले नेपाल कानुन आयोगको सदस्यमा शोभा बुढाथोकी, उद्धवचन्द्र घिमिरे र नारायण नेपाललाई नियुक्त गरेको छ । राष्ट्रिय न्याय प्रतिष्ठान परिषद्को सदस्यमा रमा श्रेष्ठ, हरिन्द्र राई र भोजमान लाम्गदेलाई नियुक्त गरिएकोको खतिवडाले जानकारी दिए ।

त्यस्तै, नेपाल-भारत सीमा निरीक्षण समितिको म्याद २०७७ साल असार मसान्तसम्म थप गरिएको पनि खतिवडाले जानकारी दिए ।

सार्वजनिक, सरकारी र गुठीको जग्गा संरक्षण सम्बन्धि जाँचबुझ आयोगको सदस्यमा महेन्द्रकुमार थापा क्षेत्रीलाई पनि नियुक्त गरिएको छ । आयोगबाट जगत देउजाले दिएको राजीनामा स्वीकृत गरिएको छ । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालत दिपायलका पूर्वमुख्य न्यायाधीश कुमारप्रसाद पोखरेललाई नियुक्त गरिएको छ । सदस्यहरूमा टीका बुढाथोकी, ममतादेवी शर्मा र सरस्वती देवी भट्टराई नियुक्त भएका छन् ।

सम्बन्धित समाचारः

प्रकाशित : फाल्गुन १५, २०७६ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?