कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेर स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — संसद बैठकमा हाजिर गरेर सांसद बाहिरिने क्रम बिहीबार पनि जारी रह्यो । बिहीबारको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो । यसअघि मंगलबार सांसदहरू हाजिर लगाएर संसदबाट बाहिरिएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो ।

तीन दिनमा दोस्रो पटक प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेर स्थगित भएको हो। बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या थिएन। कांग्रेस सांसद देवप्रसाद तिमिल्सिनाले गणपूरक संख्या नभएको भन्दै नियमापत्ति गरेका थिए।


तिमिल्सिनाको नियमापत्तिपछि सांसदको संख्या गणना गर्दा ५८ जना मात्रै उपस्थित थिए। कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा कम्तीमा एक चौथाइ अर्थात् ६९ जना सांसद उपस्थित हुनुपर्नेमा संवैधानिक व्यवस्था छ।

बिहीबार उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा ५८ सांसदको मात्र उपस्थिति थियो।

प्रतिनिधिसभाको अर्को बेठक फागुन १८ गते बस्‍नेछ।

सम्बन्धित समाचारः

प्रकाशित : फाल्गुन १५, २०७६ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मैनालीको अवस्था स्थिर, थाइको हाड भाँच्चियो

अतुल मिश्र

काठमाडौँ — नेकपा(माले)का महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीको कार दुर्घटनामा थाइको हाड(फेमुर बोन) भाँच्चिनुको साथै हाल स्वास्थ्य स्थिती स्थिर रहेको छ । उनको शरीरको सिटी स्क्यान भइरहेको अस्पतालले जनाएको छ ।

झापाबाट काठमाडौं आउने क्रममा महोत्तरीको बर्दिवासमा गाडी दुर्घटना भएपछि मैनालीलाई दिउँसो ४ बजेर २० मिनेटमा काठमाडौंस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलमा ल्याइएको हो ।

‘उहाँ(मैनाली)को थाइको हाड भाँच्चिएको छ,छाती, पेट आदि विभिन्‍न ठाउँमा दुखी रहेको गुनासो गर्नु भएको छ’, अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले भने,‘उहाँको अवस्था हाल स्थिर छ ।’

अस्पतालमा मैनालीले राम्ररी बोल चाल गर्नुको साथै व्यक्तिलाई चिन्ने समेत गरेका छन् । चिकित्सकले सिटी स्क्यानको रिपोर्टपछि मेनालीको वास्तविक स्वास्थ्य स्थिति स्पष्ट हुने जनाएका छन् ।

उक्त दुर्घटना मै घाइते भएकी मैनालीका बुहारी पुजा ढुङ्गानाको दुइटै खुट्टाको हाड(टिविया) भाँच्चिएको छ । यस्तै मैनालीको ५ वर्षे नातीको टिविया हाडमा निको हुने फ्राक्चर रहेको पाण्डेले बताए ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : फाल्गुन १५, २०७६ १७:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×